काठमाडौं। नेकपा एकीकृत समाजवादी पार्टीका उममहासचिव मेटमणि चाैधरीलाई कारबाही गर्नका लागि एमालेका सांसद सूर्यप्रसाद ढकालले माग गरेका छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने विवादित अभिव्यक्ति दिएका थिएपछि उनकाे पार्टीभित्र र बाहिर चर्काे आलाेचना भएकाे छन् ।
त्यधसबारे सांसद ढकालले प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधानविरोधी र गैरजिम्मेवारपूर्ण भएको बताए ।
उनले भने, ‘त्यस्ता अभिव्यक्ति राष्ट्रघाती र संविधानविरोधी हो । देशद्रोही कुरा हो । यस्ता अभिव्यक्ति दिनेलाई देशद्रोहको मुद्दा लगाउनुपर्छ ।’
प्रतिक्रिया