संसदकाे चालू अधिवेशन अन्त्य

काठमाडाै । संसदकाे चालू अधुवेशन अन्त्य भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालु अधिवेशनको अन्त्य गरेका हुन् ।

आज(सोमबार) राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिस अनुसार संघीय संसदको दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने गरी निर्णय गरेकाे राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

यस अघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।