छुरा प्रहारबाट झापामा युवतीकाे मृत्यु

काठमाडाै । झापाकाे बिर्तामोडमा छुरा प्रहारबाट एक युवतीको मृत्यु भएको छ ।

छुरा प्रहारबाट १९ वर्षीया मनिषा लोहारको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

उनी इलामको सूर्याेदय नगरपालिका १० फिक्कल घर भई हाल बिर्तामोड नगरपालिका – ५ पाथीभरा टोलमा डेरा गरी बस्दै आएकी छन् । लोहारमाथि कैलाली गौरीगंगा नगरपालिका – ३ निवासी २० वर्षीय अनिल विकले छुरा प्रहार गरेका थिए ।

विकलाई प्रहरीले पक्राराउ गरि अनुसन्धान गरिरहेकाे छ ।