काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमई लिमिटेडले जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन भन्दा बढी क्षेत्रमा लगानी विस्तार गरेको बताएका छन् ।
हिजाे (२०८१ साउन ३० गते बुधबार) आइएमई लिमिटेडको संयुक्त कारोबार शुभारम्भ कार्यक्रममा उनले रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरु गरेको आइएमई लिमिटेडले आफ्नो लगानी सेवामूलक कार्यमा लगाएको बताएका हुन् ।
उनले भने, ‘आइएमई लिमिटेडल जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लागानी विस्तार गरेको छ । रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा सुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा सेवा विस्तार गरिरहेको छ ।’
”नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले समय समयमा ल्याउने नीति नियमहरुको पूर्ण पालना गर्दै हामी अगाडि बढ्ने गरेका छौँ । अझ भन्नुपर्दा हामी त्यस्तो नीति कार्यान्वयन गर्ने पहिलो संस्था बन्ने गरेका छौँ । राष्ट्र बैंकले बैंकको पुँजी बढाउन मर्जरको नीति ल्याउदा होस् वा बिग मर्जरको नीति ल्याउदा होस् । यी नीतिहरुको कार्यान्वयनमा हामी सदैव पहिलो पंक्तिमै उभिने गरेका छौँ ।”
”यस हिसाबले भन्दा हामी कार्यान्वयनकर्ता नै हौँ । त्यसको फलस्वरुप विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुको संगमसहित नेपालकै सबै भन्दा ठूलो वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक बनेको छ । अहिले राष्ट्र बैंकले रेमिट कम्पनीको मर्जरको नीति लिएको छ । त्यस नीतिको पनि हामी पहिलो कार्यान्वयनकर्ता बनेका छौँ” अध्यक्ष चन्द्रप्रसाद ढकालले भने ।
हामीले रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन आज दुईवटा रेमिट कम्पनीहरुबिच मर्जर सम्पन्न गरेर एकीकृत कारोबार शुभारम्भ हुँदैछ ।
साथै, उनले आइएमई ग्रुप बैंक तथा वित्तिय संस्थाहरुसँग सक्रिय रहेको बताए । उनले, सुरुवाती समयभन्दा अहिले ८० प्रतिशत भन्दा बढी राजश्व भित्र्याएको बताए ।
उनले भने, ‘आइएमई ग्रुप अन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरु केवलकार, होटल तथा रेष्टुरेन्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनी सक्रिय रहेका छन् ।’
प्रतिक्रिया