सूदुरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासकाे मत

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत पाएका छन् । हिजाे(बुधबार) उनले विश्नेवासकाे मत लिएका थिए । उनलाई नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी मुख्यमन्त्री शाहले ३६ मत पाएका हुन्। ५३ सदस्यीय प्रदेश सभामा यो संख्या दुई तिहाई हो। 

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिममा शाह साउनको २० गते मुख्यमन्त्री बनेका थिए। बुधबार विश्वासको मतको पक्षमा ३६ र विपक्षमा ८ मत खसेका छन् भने एकजना तटस्थ बसेका छन् ।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, नेकपा एमालेका उपसभामुखसहित ११, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन्।