जनकपुरधाम । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकास्थित नेपाल आयल निगम लिमिटेडका महेन्द्रनगर डिपोका एक कर्मचारीको ज्यान गएको छ ।
आपसी झगडा हुँदा डिपोका कर्मचारी राकेश वर्माको ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
आयल निगमकै कर्मचारीबीच भएको आपसी झगडाको क्रममा वर्मामाथि बिहीबार राति बेल्चा प्रहार भएको थियो । बेल्चा प्रहारपछि वर्माको ज्यान गएको थियो । घटनापछि फरार रहेका आरोपितलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार वर्मा नेपाल आयल निगम लिमिटेडमा ज्यालादारीका कर्मचारी थिए ।
प्रतिक्रिया