काठमाडाै । ३० वर्षे सेवाहद्का कारण अवकाश पाउन लागेेका प्रहरी अधिकृतले दिएकाे रिटमा सर्बाेच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेकाे छ ।
सर्वोच्चकी न्यायाधीश सारंगा सुवेदीको इजलासले आज विपक्षीहरूको नाममा कारण देखाउ आदेश जारी गरेको सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए।
उनकाअनुसार लिखित जवाफ १५ दिनभित्र पेश गर्न आदेश दिइएको छ। यस रिटमा जबाफ पेस भएपछि नियमित पेशीमै जाने पनि सूचना अधिकारी घिमिरेले बताए।
यसअघि नेपाल प्रहरीका २१ जना प्रहरी अधिकृतहरूले ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाल प्रहरीको हकमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासले गत बिहीबार ३० वर्षे सेवा अवधिबाट अवकाशमा नपठाउन अन्तरिम आदेश जारी गरेको थियो।
यससँगै ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाशमा जान लागेका प्रहरी अधिकृतहरु यही १६ भदाैदेखि घर जाने भएका छन् ।
प्रतिक्रिया