काठमाडाै । झापामा १६ वर्षीय किशाेरीमाथि सामुहिक बलात्कार गरेकाे अभियाेगमा छ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
किशाेरीमाथि बलात्कार गरेकाे अभियाेगमा होटलका मालिकसहित कामदारलाई पक्राउ गरेको हाे।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीका अनुसार अर्जुनधारा नगरपालिका वडा नम्बर ७ मा रहेको लंका होटल एन्ड रिसोर्टका सञ्चालक राजवंशीसहित ६ जनालाई पक्राउ गरिएको हो। घटनामा संलग्न एक जना फरार रहेको केसीले बताए।
जिल्ला प्रहरी प्रमुख केसीका अनुसार यो घटना शुक्रबार रातिको हो।
अर्जुनधाराको हाट र होटलमा पुर्याएर बालिकामाथि बलात्कार भएको हो। सोही अभियोगमा होटल सञ्चालक राजवंशीसहित अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई , अर्जुनधारा –५ का १९ वर्षीय अनिष लिम्बू, २५ वर्षीय केशव मगर, २० वर्षीय सुदीप श्रेष्ठ र सुजन डाँगी पक्राउ परेका हुन्। समूहका एक जना फरार रहेका छन् ।
किशाेरीकाे स्वास्थ्य अवस्था भने ठिक रहेकाे प्रहरीले जनाएकाे छ । आफूमाथि बलात्कार भएकाे भन्दै प्रहरीमा उजुरी दिएकी छिन् ।
प्रतिक्रिया