आँबुखैरेनी दुर्घटनामा परि घाइते भेट्न भारतका राज्यमन्त्री काठमाडाैमा

काठमाडाै । हिजाे तनहूँकाे आँबुखैरेनी भएकाे बस दुर्घटनाका भएका घाइते भेट्न र मृतककाे शव लिन भारतबाट राज्यमन्त्री काठमाडाै आएकी छिन् ।
आफ्ना नागरिकलाई भेट्न र शव लिनका लागि भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस नेपाल आउन लाएकी हुन् ।

शुक्रबार आँबुखैरेनीको ऐना पहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २७ जनाको मृत्ययु भएको थियो भने १६ जना घाइते भएका थिए ।मृतकको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण गरिंदैछ । आज दिउँसो १२ बजेसम्म परीक्षण सकेर सम्बन्धित पक्षलाई बुझाउने तयारी छ ।
घाइते भएका दुर्घटनामा १६ जनाको काठमाडौंमा उपचार भइरहेको छ । उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका हुन् ।