कृष्ण बेकरीलाई २ लाख जरिवाना

काठमाडौं । उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई २ लाख जरिवाना तिराएको छ ।

रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना गरिएको बताइएको छ ।

यस्तै आरएस वस्त्रालयलाई पनि १ लाख जरिवाना गरेको छ ।

विभागले हिजो ६ वटा उद्योग तथा फर्म गरेको अनुगमनमा सौरभ प्राली, स्मार्ट ट्रेड कन्सन र कृष्ण पाउरोटी भण्डार प्रालीलाई सामान्य निर्देशन दिएको छ ।

विएस ट्रिक्स प्रालीलाई कागजपत्रसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशनरकारबाही गरिएको विभागले बताएको छ ।