विश्वविद्दालयमा सुरक्षाकाे प्रबन्ध मिलाउन शिक्षामन्त्री भट्टराईकाे माग

काठमाडौँ । पछिल्लाे समय विश्वविद्दालयका पदाधिकारीहरुमाथि साङ्घातिक हमलाकाे घटना बढ्न थालेपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री विद्दा भट्टराईले चासाे व्यक्त गरेकी छिन् ।

याे घटनाप्रति चासाे राख्दै मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध गर्न माग समेत गरेकी छन्।  उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था गर्न माग गरेकी हुन् ।

त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै दम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको बताउँदै उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था मिलाउन माग गरेेकी हुन् ।

उनले सामाजिक संजालमा लेखेकि छिन् -सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसंग जोडदार माग गर्दछु,’ ।