जग्गा विवाद हुँदा महिलामाथि हसियाँ प्रहार

म्याग्दी । जग्गाकाे विषयमा विवाद हुँदा म्याग्दीकाे मालिका गाउँपालिका–३ डाँडागाउँमा एक महिलाको हत्या भएको छ। डाँडागाउँको गलकोटमा गए राति ३५ वर्षीय दलवीर श्रीपालीले धारिलो हतियार प्रहार गर्दा सोही ठाउँकी ४३ वर्षीया बिनाकुमारी विकको मृत्यु भएकाे हाे ।

हत्यामा संलग्न दलवीरलाई इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले खतेन गाउँबाट राति नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताए।

घटनास्थलबाट बन्चरो, दाउ र हँसिया बरामद भएकाे छ। मृतकको टाउकोमा चोट लागेको छ। वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार नाताले दिदीभाइ पर्ने उनीहरूबीच केही समयअघि जग्गा किनबेचको विवाद थियो।

साेही कारण उनकाे हत्या भएकाे आशंका प्रहरीले गरेकाे छ ।