एआई एप मार्फत नेताहरुकाे चरित्र हत्या गर्ने युवक पक्राउ

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर विभिन्न नेताहरुकाे फेक भिडिओ बनाउँदै पाेष्टु गर्ने युवक पक्राउ परेका छन् । यहि मुद्दामा प्रहरीकाे साइबर ब्युरोले आज बाजुराका २२ वर्षीय रमेशबहादुर रावतलाई पक्राउ गरेको हो ।

ब्युराेकाे अनुसार उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको हाे । हालैमात्र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनीता डंगोललाई जोडेर बनाइएको एआइ भिडिओ भाइरल भएपछि त्यसविरुद्ध सुनीताले साइबर ब्यूरोमा उजुरी समेत गरेकी थिइन् ।

पक्राउ परेका युवक सिन्धुपाल्चोकमा मेडिकल व्यवसाय गर्छन् । उनले अरु पनि फेक भिडिओ बनाउने गरेको पाइएको छ । तीन पार्टीका प्रमुख नेताहरु डान्स गरेको भिडिओ पनि उनले बनाएका थिए ।

यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।