भदाै ४ गते बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडाै । भदाै ४ गते गाईजात्राकाे दिन बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।

साउन ३२ गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार भदौ ४ गते (मंगलबार)का दिन सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज (आइतबार) विज्ञप्ति निकालेर जानकारी गराएको हो।

मन्त्रालयका सूचना अधिकारी रबिता कार्कीका अनुसार भदौ ४ गते मंगलबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको छ। बागमती सरकारले गाईजात्राका दिन बिदा दिने निर्णय गरेको हो।