जनार्दनसँग झोक्किएका प्रचण्डले भने -माओवादी एक ढिक्का भएर अघि बढ्छ

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमदल दाहाल(प्रचण्ड)ले पार्टीका उपमहासचिव जनार्दन शर्मालाई बिहानै खुमलटारमा बोलाएर हकारेका छन् । उनले पार्टीभित्र आफूलाई पेलेको भन्दै जनार्दनलाई त्यसो नगर्न आग्रह गरेका थिए ।

जनार्दनले पनि प्रचण्डलाई आफ्नो पार्टीमा बिग्रह गर्ने नभई पार्टी अध्यक्ष प्रचण्डलाई सफल पार्नकै लागि लागेको बताएका थिए ।
यसपछि प्रचण्डले पार्टी सम्वद्ध रुकुम पश्चिम–काठमाडौं सम्पर्क समितिको दोस्रो जिल्ला सम्मेलनमा बोल्दै आफू नेतृत्वको पूर्ववर्ती सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरेका छन् ।


यस्तै उनले आफ्नो पार्टी समाजवादी क्रान्तिको तयारीमा रहेकाले पछिल्ला दिनमा पार्टीभित्रको बहसले झनै एकताबद्ध बनाएको उनले बताएका हुन्
सोही कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताका पक्षमा काम गरेको बताए। पार्टीमा बहस गर्न आफू सधै क्रियाशील रहिरहने तथा पार्टी बलियो बनाउनु निरन्तर खटिने उनको भनाइ थियो। उनले पार्टीभित्रको बहसले पार्टीलाई अझ बलियो बनाएको विचार राखे।