काठमाडौ। जनताको सुरक्षामा अहोरात्र खटिने प्रहरी रक्षक नै भक्षक भएपछि कसको के लाग्छ र ? यस्तै घटनामा मुछिएका प्रहरी हवल्दार जेल चलान भएका छन् । भक्तपुर कमलविनायक बिटमा कार्यरत हवल्दार नवराज श्रेष्ठले बालिका बलात्कार गरेको अभियोगमा जेल चलान भएका हुन् ।
उनले गत २९ असारमा एक नाबालिगलाई प्रहरी बिटभित्रै बलात्कार गरेको अभियोग छ । गत २५ साउनमा भक्तपुर जिल्ला अदालतले श्रेष्ठलाई जेल चलानको आदेश दिएको छ ।
प्रहरीका अनुसार ती नाबालिग र एक युवक रातको समयमा कलमपोखरी छेउमा गफ गरिरहेका थिए । त्यही क्रममा हवल्दार श्रेष्ठ समेतले उनीहरुलाई पक्राउ गरे ।
केटालाई छाडेकोमा केटीलाई त्यही राखेर उनले राती बलात्कार गरेको उजुरी परेको थियो । सोही आधारमा भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया