पशुपति मन्दिरमा चलिरहेको कोटीहोममा लफडा

काठमाडौ । पशुपति मन्दिर परिसरमा आयोजित कोटिहोम स्थलमा हिजो(शुक्रबार) राति प्रहरी प्रवेश गरेपछि लफडा उत्पन्न भएको छ । काठमाडौं प्रहरी परिसरबाट प्रहरीले कोटिहोमका संकल्पकर्ता तथा मुख्य आयोजक विजय कृष्णमुर्तिलाई नियन्त्रणमा लिन खोजेपछि त्यहाँ लफडा भएको थियो ।

उनलाई नियन्त्रणमा लिन खोपछि समर्थकहरुको हुलहुज्जत भएको थियो । त्यसपछि प्रहरी रित्तोहात फर्किनुपर्यो । कोटिहोम एक महिनासम्म चल्दा कुनै हस्तक्षेप नगरेको प्रहरीेले समापनपश्चात किन धरपकड गर्न खोज्यो ? यस विषयमा सोध्दा काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले भण्डारीलाई सोधपुछका लागि नियन्त्रणमा लिन खोजिएको पुष्टि गरे ।

उनले भने, ‘पक्राउ गर्न होइन, सोधपुछका लागि मात्र गएका हौं।’

रजौरेका अनुसार भण्डारीले प्रहरीबाट लिएको चारित्रक प्रमाणपत्रका विषयमा प्रहरीले सोधपुछ गर्न चाहेको हो । ठगी मुद्दामा दोषि प्रमाणित भएर जेल सजाय भुक्तानीसमेत गरेका रजौरेले प्रहरीबाट चरित्रको प्रमाणपत्र लिएको सार्वजनिक भएको छ । दियोपोस्ट डट कमले प्रकाशित गरेको चारित्रिक प्रमाणपत्रमा प्रहरी प्रधान कार्यालयका निरिक्षक उद्धव पोखरेलको हस्ताक्षर देखिन्छ ।

अपराधिक पृष्ठभूमिका व्यक्तिलाई उनको मुद्दाबारे केही उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइनु शंकास्पद मानिएको थियो ।