राजदूतको लिस्टबाट कान्तिको नाम काटकुट

काठमाडौ । हिजो बिहिबार बसेको मन्त्रीपरिषद बैठकले विभिन्न देशको राजदूतको नाम सिफारिस गर्ने तयारी हुँदैथियो यसै मेसोमा अस्ट्रेलियाका लागि नेपाली राजदूतमा हुन लागेकी कान्ता रिजालको नाम भने सफिारिस नै नभइ काटकुट भएको छ ।

अर्थात उनको नाम फिर्ता भएको छ । रिजालले इजरायलको राजदूत रहेका बेला नेपालबाट लगेका एक जना सहयोगीलाई उतै छाडेर आएको गम्भीर सिकायतपछि नाम फिर्ता भएको स्रोतको दाबी छ ।

उनले लगेका दुई सहयोगीमध्ये एक जना मात्र स्वदेश फर्केको स्रोतले बतायो । उनलाई इजरायलबाट फिर्ता गर्ने बेलामा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को सरकार थियो ।

कूटनीतिक नियुक्ति पाउने व्यक्तिले दुई जनासम्म घरेलु सहयोगी विदेश लिएर जान पाउने व्यवस्था छ । त्यही व्यवस्थाअनुसार रिजालले पनि दुई सहयोगी इजरायल लगेकी थिइन् । तर, उनले एक जनालाई उतै छाडेको भन्ने आरोप लागेपछि उनको नियुक्तिबाट सरकार पछि हटेको हो । कूटनीतिकमा यस्तो कार्यलाई ‘गम्भीर शिष्टाचार उल्लंघन’ मानिन्छ । रिजाल सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट अस्ट्रेलियाका लागि राजदूत सिफारिस भएकी थिइन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले ११ जना राजदूत फिर्ता गर्ने क्रममा उनी पनि परेकी थिइन् । प्रचण्ड सरकारलाई साइडलगाएर बनेको केपी शर्मा ओली सरकारले गत असार ३० गते १८ देशमा राजदूत सिफासिस गर्दा रिजाल पुनः परेकी हुन् । मन्त्रिपरिषद्ले सिफारिस गरे पनि सरकारले संसदीय सुनुवाइका लागि पठाउँदा उनको नाम सूचीबाट हटाएपछि उनीविरुद्ध सिकायत रहेको खुलेको हो ।
यसरी आफ्नो नाम बिचैमा काटिएपनि कान्तिले कुनै प्रतिकृया भनेजनाएकी छैनन् ।