गठ्ठाघर दुर्घटनामा परेको भनिएकी सुष्मा नेपाली नै सम्पर्कमा आएपछि…

काठमाडौ । भक्तपुरको गठ्ठाघर दुर्घटनामा परी मृत्यु भएको शव सुष्मा नेपालीको नभएको भक्तपुर प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मोलुङ गाउँपालिका ४ घर भई काठमाडौँको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपालीको मृत्यु भएको भनेर जानकारी दिएको थियो।

सोही आधारमा नेपाली मिडियाले समाचार सार्वजनिक गरेकाे थियो तर भक्तपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन कार्कीले उक्त घटनामा सुष्मा नेपाली नपरेको जानकारी दिँदै मृतकको परिचय नखुलेको बताए।