काठमाडौं । सरकारले संधिवान दिवासका अवसरमा वितरण गर्ने मान–पदवी, विभूषणर अलंकारमा मनोमानी भएपछि अस्वीकार गर्नेहरुको संख्या बढ्दो छ । कर्मकाण्डी रूपमा मनाइँदैं आएको संविधान दिवसमा जनताको सहभागिता हुँदैन, उनीहरूले अपनत्व महसुस गर्न सकेका छैनन् ।
हाम्रोमा टुँडिखेलमा कार्यक्रम गरिन्छ, विशिष्ट व्यक्तिहरूको आवत–जावत हुन्छ । सडक अवरुद्ध पारिन्छ । टुँडिखेल पनि छोपछाप पारिन्छ । रामवरण, परमानन्द गएनन् । यस्ता राष्ट्रिय पर्वमा विपक्षीलाई ठाउँ दिँइदैन, भूपू प्रधानमन्त्री, राष्ट्रपतिलाई कुनै मतलब गरिँदैन । बाग्मती प्रदेश प्रमुखबाट डोरमणि हटेको महिना दिनमात्र न भयो । उनी कार्यक्रममा गएनन् । संविधान दिवस तिज र इन्द्रजात्रा जत्तिको पनि भएन ।
विदेशमा राजनीतिसँग सरोकार नभएकाले पनि टोल टोलमा राष्ट्रिय दिवस वा संविधान दिवस मनाउँछन् । नेपालमा टुँडिखेलमा तोप पड्काएर सकिन्छ ।
त्यसमाथि पदकको हविगत हेरिसाध्य भएन् । यसवर्ष ९०३ जनालाई पदक बाँडियो । देउवा सरकारले पदक बाड्नेमा रेकर्ड ब्रेक ग¥र्यो । स्वर्गीय भएका २ सय जना छन्, सूचीमा । माओवादी केन्द्रका अध्यक्ष सीता दाहालदेखि माधव नेपालका बुबालाई पदक दिइएको छ । मुद्दा छिन्ने न्यायाधीश, वकिल पनि त्यस्तै । पत्रकारलाई सोध्दै नसोधी हाल्दा नारायण अमृत, रविन सायमी, कृष्णज्वाल देवकोटाहरूले अस्वीकार गरेका छन् ।
तक्मा पाउनेमा अधिकांश गृहका कर्मचारीहरूको बोलबोला देखिन्छ । गृहमातहतका १६१ जना पदक पाउनेको सूचीमा देखिए । गृहका कर्मचारीहरू ३५ र प्रहरीहरू १२६ जना पदक थाप्नेको सूचीमा छन् । कर्मचारीहरूको हालिमुहाली कस्तोसम्म छ भने, २० सचिव, ३६ सहसचिव र ५८ जना उपसचिवलाई मानपदवी बाँडिएको छ । बढीमा २ सय जनालाई बाडिँदै आएको तक्मा तथा मानपदवी ओलीकै कार्यकालमा संशोधन गरीवरी ६ सय जनालाई बाडिएको हो । त्यो समयमा तक्मा पाउनेमा उनका आफ्ना धुपौरेहरूको बाहुल्यता थियो । अहिले माधव नेपालका बुवा र प्रचण्ड पत्नी सीताले तक्मा पाएकोमा विरोध गरिँदै छ, त्यसबेला विद्या भण्डारीका दुबै छोरीलाई तक्मा बाडिएकै हो ओली प्रधानमन्त्री हुँदा अञ्जान शाक्य, शर्मिला पराजुलीलाई उत्कृष्ट ठहरिए, तक्मा पाए । झापा आन्दोलनमा आफूसँगै जेल परेको नारद वाग्ले, उदयराज पाण्डे राजदूत निकृष्ट भए । अहिलेको भन्दा लज्जास्पद् त उनकै पालामा पदक वितरणमा देखिन्थ्यो । त्यस समय वरिष्ठ पत्रकारको नाम काटेर राजावादी पत्रकारलाई तक्मा दिने पनि उनै हुन् ।
बद्नामलाई विभूषण
तक्मा पाउनेको सूचीमा छन् रामशरण भण्डारी, जो ह्याम्स अस्पतालका मालिक । कोरोनाका बिरामीसँग चर्काे शुल्क असुल्ने, ठेक्कापट्टामा कालोसूचीमा परेका र बिरामी बन्धक बनाएर बदनामी कमाएका भण्डारी तक्मा पाउनेको सूचीमा छन् । अर्काे जनसेवाश्री थाप्ने पात्र छन्, हुमनाथ कोइराला ।
कोइराला तिनै पात्र हुन्, जो घनश्याम भुषाल कृषिमन्त्री हुँदा मल आयात नगरेका कारण उनको कम्पनी होनीको मल्टिपल, शैलुङ इन्टरप्राइजेजलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको थियो । ०२१ मार्च ६ देखि २०२२ मार्च ५ तरिखसम्म ठेक्कामा सहभागी हुन नपाउने गरी कालोसूचीमा परेका कोइराला देशका लागि ठूलो योगदान दिएको भन्दै विभुषण गर्न लागिएको हो । जनसेवा श्री विभूषणको १०८ नम्बरमा कोइरालाको नाम देख्न सकिन्छ । यस्तै डेडिकेट टं«क लाइन वापतको भुक्तानी गर्नुपर्ने २ अर्ब ५३ करोड १४ लाखभन्दा बढी रकम भुक्तानी गर्न आनाकानी गर्दै आएका शंकर समूहका मालिक साहिल अग्रवाल पदक पाउनेको सूचीमा छन् । उनका भाई सुलभ अग्रवाल कोरोना कालमा थर्मल गन कारोबजारी गरेको आरोपमा पक्राउ परी पछि धरौटीमा छुटेका थिए ।
बढ्दै बहिष्कार
तक्मा बहिष्कार गर्नेको संख्या २२० जना पुगिसकेको छ । यस वर्ष पत्रकारहरू हरिबहादुर थापा, नारायण अमृत, रविन सायमी, कृष्णज्वाला देवकोटादेखि पूर्वमेयर पीएल सिंह, सचिव टेकनारायण पाण्डेले समेत विभूषण बहिष्कार गरेका छन् । यसअघि मह जोडी, धुर्मुस सुन्तली, पारस खड्का, भैरव रिसाल, दमननाथ ढुंगना, पद्मरत्न तुलाधर, शम्भु थापा, कनकमणि दीक्षित, युवराज घिमिरे, मीनबहादुर गुरुङ, सिके लाल, किशोर नेपाल, बात्सायन, स्वामी आनन्द अरुण, दिनबन्धु पोखरेल, रेखा थापा, झलक सुवेदी, महेश्वर दाहाल, गोविन्द आचार्य, ओम शर्मा, शिव गाउँले, पशुपति शर्मा, आनन्दराज बतास, दिपक विष्ट, दिलशोभा श्रेष्ठ, शक्ति गौचनसहित ०६७ साल यतामात्र २२० जनाले पदक बहिष्कार गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS