काठमाण्डौंं । काठमाण्डौं जिल्लाको प्रमुख जिल्ला अधिकारीका लागि २ सहसचिव कसरतमा लागेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख विनोद प्रकाश सिंह र गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका गोविन्द प्रसाद रिजाल काठमडौंको प्रमुख जिल्ला अधिकारीका लागि कसरतमा लागेका हुन् ।
सिंह एक वर्षदेखि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन् । यसअघि उनले ११ महिना वागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेका थिए । त्यसअघि उनले एक वर्ष उद्योग विभागको महानिर्देशक र ६ महिना उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा काम गरिसकेका छन् ।
त्यस्तै रिजाल ४ महिनादेखि गृह मन्त्रालयमा कार्यरत छन् । उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म मकवानपुरको प्रमुख जिल्ला अधिकारी थिए । त्यसअघि उनले करिब २ वर्ष दाङको प्रमुख जिल्ला अधिकारी भएर काम गरिसकेका छन् ।
प्रधानमन्त्री देउवाले जोडबल गरेमा सिंहले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाउने छन् । गृहमन्त्री बालकृष्ण खाँणको बल पुगेमा काठमाडौंको प्रशासन रिजालको नेतृत्वमा पुग्नेछ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS