काठमाडौं । नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपचार लिएर जानुपर्ने भो भन्दै उनले विदा मागेका थिए । साथै ’नेता नेपालले आफू नेकपा एमालेमा भने नजाने उल्लेख गरेका छन् । ‘म केपीसँग जान्न, किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ’ उनले अध्यक्ष माधवकुमार नेपाललाई सम्बोधन गर्दै भनेका छन्, ‘तपाईं पनि झेली कुरा गर्न सिक्नुभएछ ।
यसैबीच माधव नेपाल अध्यक्ष रहेको नेकपा एकृकित समाजवादी पार्टीमा जाने घोषणा गरेका छन् । गौतमले माधव नेपालसँग उपप्रधानमन्त्रीसहित गृहमन्त्री मागेको र सहअध्यक्ष चाहिने भनेको चर्चा चलिरहेको बेला गौतमले भने विचारमा कुरा नमिलेको बताएका छन् । गौतमले आफू निकट कार्यकर्तासँग जनताको वहुदलीय जनवाद नमान्ने हो भने आफू माधव नेपालसँग नजाने बताएका हुन् । गौतमलाई उदृत गर्दै ती एक कार्यकताले भने, अहिले वामदेवले मन्त्री माग्यो, दुई अध्यक्ष हुनुपर्छ भन्यो भनेर प्रचार गरिएको छ । खासमा मैले जबज नमान्ने हो भने साथ दिन सक्दिन । अहिले झलनाथ र माधव नेपालले जबज त्यागेको देखियो, त्यसो हो भने उहाँहरुसँग जान सकिन्न ।
स्मरण रहोस् गौतम निकटका बाँकी रहेका केही केन्द्रीय सदस्यहरु भने माधव नेपालको पार्टीमा समावेश भइसकेका छन् भने गौतम एमालेभित्र जबजका पक्षधरमात्र हैन, नेकपाकालमा पनि जबजको वकालत गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS