काठमाडौं । नेकपा एमाले बिभाजन गर्न २० प्रतिशत तोकेर शेरबहादुर देउवा नेतृत्वको सरकारले सरकारले ल्याएको अध्यादेशले कांग्रेसभित्रै चर्को आलोचना भएको छ । देउवा सरकारले अध्यादेश ल्याएलगत्तै कांग्रेस नेता डा। शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने काम आपत्तिजनक भन्दै कडा प्रतिवाद गरेका छन् ।
ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने अनि अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुनः त्यही अध्यादेश ल्याउने रु भन्दै कोइरालाले कडा प्रश्नसमेत गरेका हुन् । ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउँदा कांग्रेसले विरोध ग¥यो तर अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुनः त्यही गल्ती दोहो¥याउन मिल्छ रु’ कोइरालाको भनाई थियो । चलिरहेको संसद हठात् अन्त्य गरेर राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याएर अन्य दललाई विभाजन गर्ने कांग्रेसको संस्कार नभएको पनि कोइरालले ‘सरकारले संसद्लाई बलियो बनाएर अघि बढ्नुपर्ने अवस्थामा हठात् संसद् अन्त्य गरेर अध्यादेशमार्फत देश चलाउनु आवश्यक छ रु भन्दै प्रश्न गरेका थिए ।
सरकारले आफ्नो सुविधा अनुसार सरकार सञ्चालनका लागि अध्यादेश ल्याउनु ठीक भएपनि यसले लोकतन्त्र कमजोर हुने नेता कोइरालाको भनाइ थियो । सरकारले अध्यादेश ल्याएर यसअघिका सरकारले गरेको गल्तीलाई नै निरन्तरता दिएको आरोप लगाएका थिए । लामो समय पार्टीको केन्द्रीय कार्य समितिको बैठक चल्दा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेशको बारेमा कुनै चर्चा नगरेको र पार्टीको बैठकमा समेत छलफल नगरी अध्यादेश ल्याउनु उचित नभएको कोइरालाको भनाइ थियो ।
त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले असंवैधानिक काम गरेको कांग्रेस नेता प्रदिप पौडेलले ठोकुवा गरेका छन् । नेपाली कांग्रेसका नेता पौडेलले आफ्नै पार्टी नेतृत्वको सरकारले ल्याएको भएपनि अध्यादेश गलत भएको टिप्पणी गरेका हुन् ।
हिजो केपी शर्मा ओली नेतृत्वको सरकारले संसद छलेर अध्यादेश ल्याउँदा पनि आफूहरुले प्रतिकार गरेको भन्दै पौडेलले देउवा सरकारको कदमपनि विगतकै प्रवृत्तिको निरन्तरता भएको टिप्पणी गर्दै ‘असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो’, नेता पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS