काठमाडौं । राष्ट्रियसभा सदस्य पदका लागि आगामी जेठ ६ गते हुने निर्वाचनमा विपक्षी गठबनन्धनको साझा उम्मेदवारका रुपमा डा.खिमलाल देवकोटा प्रस्तावित हुनुभएको छ ।
नेकपा (एमाले) सँग सम्बद्ध संघीयताविद् डा. देवकोटालाई उम्मेदवार बनाउने नेकपा (माओवादी केन्द्र) तयार भएपछि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, विवेकशिल साझा पार्टीलगायतका दलहरुले पनि समर्थन गरेका छन् ।
केपी ओलीपक्षीय नेकपा (एमाले) ले भने गृहमन्त्री रामबहादुर थापा (बादल) लाई उक्त पदको उम्मेदवार बनाएको छ । प्रतिनिधिसभा पुनस्र्थापनापछि माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेपछि माओवादी केन्द्रले बादललाई सांसद पदबाट निश्काशन गर्ने निर्णय गरेको थियो । त्यसपछि रिक्त भएको राष्ट्रियसभा सदस्य (बागमति प्रदेश) का लागि जेठ ६ गते निर्वाचन तोकिएको हो ।
विपक्षी गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएका डा.देवकोटा स्थानीय विकास, संघीयता र संघीयताको आर्थिक व्यवस्थापनजस्ता विषयमा विज्ञ मानिनु हुन्छ । कास्की जिल्लामा जन्म भई हाल बाराको कोल्हवी नगरपालिकामा बसोबास गर्नुहुने उहाँले बागमति प्रदेश नीति आयोगको नेतृत्व गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS