काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाएपछि माधव नेपाल समूह धर्मसंकटमा परेको छ । सरकारका विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर अविश्वास प्रस्ताव आउन सक्ने खतरा देखेपछि प्र.म. ओलीले विश्वासको मत लिने भएपछि सो समूहलाई संकट परेको हो । अहिले प्रधानमन्त्री ओलीसँग प्रतिनिधिसभामा १२१ मत छ । त्यसो हुँदा उनलाई जसपाको १४ मत मात्र भए १३५ पुग्छ । यो अवस्थामा सजिलै उनले विश्वासको मत लिन सक्छन् र प्रतिनिधिसभाको बाँकी अवधि पूरै पनि सरकार सञ्चालन गर्न सक्छन् । तर, त्यसका लागि ओलीले माधव, झलनाथ समूहलाई विश्वासमा लिनुपर्ने हुन्छ । माधव–खनाल समूहमा लगभग ३५ जना सांसद रहेको सो समूहले दावी गर्दै आएको छ, तर भित्रभित्रै सांसदहरु संस्थापन पक्ष अर्थात ओली समूहमा लागेको बुझिएको छ । त्यसो भए माधव–खनाल समूहका ३५ सांसदले समर्थन गरेनन् भने ओलीलाई जसपाको ३२ जना सांसदले समर्थन गरे पनि उनले विश्वासको मत पाउँदैनन् । यदि माधव समूहले भनेझैं फागुन २८ गतेको निर्णय फिर्ता गरेर पार्टीलाई सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलामा पु¥याउने हो भने पनि एमले नफुट्न सक्छ । तर, ओलीले २७ सांसदले के गर्लान् भनेर पनि विश्वासको मत लिन यो अग्निपरीक्षा दिन लागेको अनुमान गर्न थालिएको छ ।
यदि कथंकदाचित एमालेका ३५ जना सांसदले आफूलाई विश्वासको मत दिएनन् भने पनि सबैभन्दा ठूलो दलको नाताले संविधानको धारा ७६ (३) बमोजिम प्रधानमन्त्री आफैँ हुनेछन् । र, आगामी मंसिरमा निर्वाचनको नयाँ मिति तोक्नेछन् । यस्तो अवस्थामा उनले अर्को सरकार बन्न दिने छैनन् । किनभने, अहिले कांग्रेसको पक्षमा ६१, माओवादी केन्द्रको ४८ गरेर जम्मा १०९ हुन्छ । कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न जसपाको २५ मत भए पुग्छ । तर जसपा विभाजित भएको अवस्थामा ओली र देउवा दुवैले १३५ मत आफ्नो पक्षमा उभ्याउन सक्नुपर्छ । त्यसका लागि ओलीलाई जसपाको साथले मात्रै पुग्दैन, माधव समूहको सहयोग र समर्थन आवश्यक छ । यस विषयमा माधव समूहले केही निर्णय नगरेको भए पनि एमाले नफुटेको अवस्थामा माधव समूहलाई धर्मसंकट नै पर्दथ्यो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS