सम्मानीय सर्वोच्च अदालतको फागुन ११ गतेको निर्णयले केपी ओली सरकारद्वारा गरिएको प्रतिनिधिसभा विघटनको सिफारिस बदर गरिए यता प्रतिपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र र जसपाहरूले आजसम्म सरकार दिन नसक्नुलाई सरकार जो चोर उसैको ठूलो स्वरको शैलीमा आफूहरू नै ठिक रहेको कुरा अन्य दलका नेताहरूलाई सुनाउन राष्ट्रपतिको निमन्त्रणाको भेलालाई प्रयोग गर्नु वा मिडियामा त्यसैगरी बोल्नु सामान्य कुरा हुने भयो । तर आमजनता जो परिवर्तन पक्षधर र विकासको लागि लालायित छन्, उनीहरूले भने केवल यही सोचिरहेका छन् कि आखिरमा सरकार किन र कसको कारणले संविधानको पक्षधरबीच बन्न सकिरहेको छैन ? जहाँ माओवादीले विगतमा कांग्रेसका गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन भनेर धोखा दिए, त्यहीँ वर्तमान सभापति शेरबहादुर देउवालाई पनि २०७४ को स्थानीय निर्वाचनमा ‘युज’ गरेर नेकपा एकता गर्ने नाममा धोखा दिएर केपी ओलीसँग टाँसेकै थिए जुन दोहो¥याएर दिएका धोखाले कांग्रेसले पनि कसरी विश्वास गरोस् ! नामको ‘मधेशवादी’ पार्टीसँग सेन्टिमेन्टको नाममा थेगो मात्र झुण्ड्याएको जसपाले भने ०७२ सालमा संविधान पारित हुने र पछि बेला सुशील कोइरालाको सरकारका गृहमन्त्री एमालेका वामदेव गौतम तथा पछि एमालेकै केपी ओलीकै सरकारले ताकिताकि मधेशीको टाउको र छातीमा गोली हानेकै हुन् तर जब कांग्रेसबाट विमलेन्द्र निधिको अगुवाइमा जनताको अधिकारको प्रतीक कहलिने कम्युनिष्टको नाममा रक्तपिपासु बनेका ओली सरकारलाई ढालिंदा तत्कालीन सद्भावनाका अध्यक्षका राजेन्द्र महतोलाई उनै केपी ओलीले केवल बदला लिन विमलेन्द्र निधिलाई हराउन मनी, मस्सल र भोटर पनि खुलेआम दिएको तथ्यले पनि कांग्रेसलाई आज जसपालाई पत्याउन किन नझस्काओस् ? यही बीचमा ओली सरकारका उद्योगमन्त्री लेखराज भट्टले जसपाका सांसद रेशम चौधरीसँग जेलमा, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मार्ईतीघर मण्डलामा गएर थारूका माग रेशम चौधरीको रिहाइ तथा थारूलाई मधेशी समुदायबाट अलग्याउनेजस्ता माग पूरा सरकारले गर्नेजस्ता मधेशी–थारू फुटाउने, पुनः महेश बस्नेतले रेशमसँग जेलमै भेट्ने कृत्यले एकसाथ सरकारका मन्त्री तथा जसपामा थारूलाई लगातार उचालेर महन्थ ठाकुर, राजेन्द्र्र महतो, राजकिशोर यादव, अनिल झा, महेन्द्र यादव आदिहरूलाई कर्नरमा पारेर स्वयं प्रधानमन्त्री बन्न उपेन्द्र यादवलाई उचालेको भनी नेगेटिभ साइड दिमाग चलाउने डा. बाबुराम भट्टराईको अस्वाभाविक गतिविधिमाथि प्रश्नहरू तेस्र्याएका छन् नै ! यदि, रेशम चौधरीलाई भेटेर छुटाउन प्रयत्न भइरहेको कुरा ओली समूहद्वारा आश्वासन दिइरहेको छ भने कि त ढकोसला हो वा राजनीतिक स्वार्थमा समुदायको माग तथा संघर्षलाई आजसम्म ओली, देउवा, भीम रावल, लेखराज भट्टहरूले रेशमजस्ता थारू र मधेशीलाई आजसम्म अनाहकमा दुःख दिएका सावित हुनेछन् । देशको संविधान समुदायपिच्छे अलगअलग व्याख्या गर्न मिल्दैन, जुन भइरहेको छ ः माओवादीले आजसम्म विभिन्न नाममा मान्छे मार्दा पञ्चायत वा लोकतान्त्रिक सरकार र दलले ‘मूलधारको राजनीतिमा शान्तिपूर्ण ढंगले फर्किरहेको’ भन्ने तर मधेशी–थारूको कुरा आउँदा ‘पुलिस, बच्चा’ मारेको, कानुनसँग खेलेको भन्ने हुन्छ ?
नबुझिएका कुरा
पुस ५ गते संसद् विघटन भएपछि जसरी कांग्रेसको एउटा पक्षका नेतृत्वकर्ता रामचन्द्र पौडेलले खरो उत्रेर ओलीको प्रतिगमनकारी कदमको विरोधसभा सडकमा ग¥यो र सभापति शेरबहादुर देउवामाथि सरकारको नेतृत्व पाउन सकिन्छ कि भनेर खुलेर आरोप लगाउँथे, आज परिस्थिति एकदम विपरीत छ ः उल्टै नेता पौडेलले ओलीलाई सरकारबाट दरकिनार गर्न कांग्रेसले नयाँ सरकार बनाउनको लागि अग्रसरता लिनुपर्छ भन्छन् भने सभापति देउवाले परिस्थिति परिपक्व भइनसकेकाले अविश्वासको प्रस्ताव लगाउँदा भोलि कम्युनिष्टहरू फेरि आपसमा मिल्न सक्ने, जसपाले पनि सगोलमा समर्थन दिने अवस्था नरहेको, कांग्रेसलाई चुनावी सरकारको एक थान प्रधानमन्त्रीको कुर्सीभन्दा पनि आगामी चुनावका लागि कार्यकर्तालाई कम्तीमा वर्षको तीनचोटि जनताको घर दैलोमा पठाउनुपर्नेजस्ता कुरा देखाउँदै सरकार सञ्चालनको जिम्मा स्वतः आए भने पछि नपर्ने भनी पन्छिरहेका छन् । अर्थात्, हिजो जसले ‘प्रधानमन्त्री पदको लोभको लागि प्रतिगामी ओलीको नजिक सभापति छन्’ भनिरहेका नेताले आज उल्टै सरकार बनाउन उकास्दै छन् भने जसले पद पाउन ैपनि ढुल्मुमे व्यवहार संसद् विघटनविरुद्ध हो कि जस्तो गर्थे, आज उनी सरकार बनाउनैबाट तर्किरहनुभएको अवस्था विचित्रको कसरी छ ? वास्तवमा यी दुईटै कांग्रेसी नेताहरूको व्यवहार आमकांग्रेसीका हितैषी–मतदाताले भने स्वार्थपन कपटी चतु¥याइँको रूपमा लिइरहेका छन् जुन कांग्रेस पार्टी तथा लोकतान्त्रिक धारको आगामी निर्वाचनमा अत्यधिक बहुमतको जितका लागि समग्रमा हितकर छैन । नेता पौडेल सभापति देउवालाई सरकारमा पठाएर उनी अल्मलिउन् र यता पार्टी सभापतिको तयारी एक्लै फिल्डमा गरेर आगामी महाधिवेशन हत्याउने दाउमा छन् भने सभापति देउवा भने त्यसो गर्न नेता पौडेल वा कसैलाई पनि पार्टीमा गर्न दिन चाहँदैनन् भने सरकार पनि बनाउन नै चाहन्छन् तर माओवादी र जसपालाई गलाएर !
माओवादी र खासगरी प्रचण्डले कांग्रेसका गिरिजाप्रसाद कोइरालालाई तथा गत निर्वाचनमा सभापति देउवा र समग्र कांग्रेसलाई नै धोका दिएकाले कांग्रेसले सबक सिकाउनु गलत छैन तर सोही किसिमको व्यवहार जसपालाई कांग्रेसको देउवा नेतृत्वले गर्नु एउटा लोकतान्त्रिक कित्ताकै शक्तिको हैसियतले पनि जग हँसाइ मात्रै भइरहेको छ । त्यसै पनि जसपाको प्रष्ट दुईटा माग (सांसद रेशम चौधरीको मुद्दा फिर्ता लिई तत्काल रिहाइ र संविधान संशोधन) मध्ये जसपा ओलीसँगै रहँदा कांग्रेस–माओवादीले हालको संसदीय गणितमा साथ नदिने र कांग्रेस–माओवादीको कित्तामा जोडिँदा ओलीको एमालेले साथ नदिने भएकाले संविधान संशोधन त्यत्तिकै पनि माग पूरा हुन सक्दैन र यो बँुदा उसको चुनावमा जनतासामु फेस सेभ गर्न हाल राखेको प्रस्ट्याउँछ तर जननिर्वाचित सांसद रेशम चौधरीको रिहाईको माग भने उसको नेताका लागि जँुगाको लडाइँ मात्र हो, कुनैपनि तर्क र नेपालको कम्तिमा दोस्रो जनआन्दोलन २०६२÷०६३ पछिको राजनीतिक अभ्यासले असम्भव र नितान्त नौलो पनि होइन ।
कांग्रेस कहाँ बिरायो ?
नामको कांग्रेस पार्टी भन्ने तर मधेशी–थारू नेतृत्वलाई कर्नरमा पारेर सत्ताधारी उही बाहुन–क्षेत्रीले रजगज गर्ने ? नेपालका कम्युनिष्टको भाषणले आकर्षण मात्र सबैथरी नेपाली जनतामा बाँडिएको तर साँच्चिकै लोकतान्त्रिक सञ्चार तथा समानुपातिक समावेशी चरित्र आमजनतामा उनीहरूले नेपालमा नलगेको स्थितिमा नेपाली कांग्रेसको पृष्ठभूमि, निर्माण र संरचनामा मधेशी–पहाडी समग्र जनताको रगत–पसिनाले सिँचेको कांग्रेस रहेकाले विश्वको एक मात्र पूर्णमानकको लोकतान्त्रिक पार्टीका नेताले कुनै समूह नेवार, हिमाली, पहाडी, मधेशी, महिला वा दलित वा अन्य कसैलाई अस्वीकार गरी अगाडि बढ्नु पार्टी हीतविपरीत कुरा हो भने व्यक्ति विशेष नेताहरू वरिष्ठ वा सभापतिको हैसियतवालाले आफ्नो स्वार्थको लागि पार्टी तथा देशको राजनीतिको गतिलाई नै हित पार्नु अनैतिक हो । आज सारा जीवन कम्युनिष्ट आन्दोलनमा बिताएका केपी ओलीका क्रियाकलापले भलै क्षणिक रूपले उनी सत्ता राजनीतिमा हाबी भए पनि देश र विदेशमा उनलाई कम्युनिष्ट रहेको पत्याउन नै मान्छेले छाडिदिएका छन् अर्थात्, प्रतिष्ठा बनाउन सारा जीवन लाग्छ भने भत्काउनलाई एउटा अनैतिक क्रियाकलाप काफी हुन्छ । आज ओलीले वामपन्थी कित्ताबाट जे–जे काम साल २०७४ को निर्वाचनपछि गरे अनि कहीँका पनि छैनन् कम्युनिष्टको दिल र दिमागमा, हाम्रा अग्रज कांग्रेसी नेतृत्वले पनि पृथक् व्यवहार देखाइरहेका छैनन्, यो दुर्भाग्य हो । कांग्रेसले जनताको मुद्दा हेर्नु, प्रतिपक्षीको भूमिका सशक्त खेल्नु, लोकतान्त्रिक अलायन्स दरिलो बनाउनु, सरकारका भ्रष्टाचार र असंवैधानिकजन्य कृत्यलाई जनतामा लगेर सक्रिय भई अत्यधिक मतले चुनाव जित्नुको साटो कम्युनिष्टहरूको घर झगडाले हामी नै ठूलो पार्टी बन्नेछौं भन्ने ओभर कन्फिडेन्समा आगामी चुनावमा होम्दै छ !
आमजनताले आज सभापति देउवा र उनका नजिकका केही केन्द्रीय सदस्यहरूको सांसद रेशम चौधरीको राजनैतिक मुद्दा फिर्ता गरेर जसपाको विश्वासको मत लिएर सरकार बनाउने कार्यमा देउवाहरूको मिडियामा आइरहेको कुरा ‘हुने÷नहुने सम्झौता गरेर सरकार नबनाउने, स्वाभाविक रूपमा आयो भने पछाडि नहट्ने’लाई काट्दै छन् र सोध्छन् ः लगाइएको आरोपअनुसार के रेशमले टीकापुर घटनामा मान्छे मारे भने माओवादीले १० वर्षे सशस्त्र द्वन्द्वमा सेना–पुलिस र आमजनतालाई फूलमाला लाएर धूप र आरती देखाएका थिए ? ंकम्युनिष्टले झापा विद्रोहमा के गरे, मान्छे मारेनन् ? हालै नेत्रविक्रम चन्द ‘विप्लव’ले के गरे यतिका वर्ष सेना–पुलिसलाई ? अनि गिरिजाबाबुलाई प्रचण्डहरूको र हाल प्रम ओलीलाई विप्लवको मान्छे मार्ने कामबारे थाहा थिएन र शान्ति प्रक्रियामा ल्याए ? के गैरमधेशीले मान्छे मारेर सरकारसँग वार्ता गर्दा ‘शान्ति प्रक्रिया’मा सहभागी भएको हुने तर मधेशी–थारूले हकहितका लागि गर्दा राज्यद्रोहको मुद्दा लाग्ने ? अनि संघर्षको दौरान जहाँ सुरक्षाकर्मी मधेशी–थारूलाई भेटे, त्यहाँ मधेशी–थारूलाई मारेनन् ? अर्थात्, कांग्रेस नेतृत्वका केही मात्र नेताको साम्प्रदायिक सोचका कारण विश्वमा नेपालको एक मात्र लोकतान्त्रिक पार्टी कांग्रेस आज साम्प्रदायिकतामा परिभाषित हुने जोखिम छ । संविधान र कानुन सबैको लागि बराबर छन् र जब ओलीको एमालेले जसपाको माग पूरा गर्न तयार छ भने झन् आउने चुनावमा लोकतान्त्रिक कित्तालाई बलियो बनाउन कांग्रेस नेतृत्वले विगतमा राज्यले संघर्षरत समूहसँग गरिसकेका सम्झौता जस्तामा व्यक्तिगत साम्प्रदायिकता देखाउनु भएन । यदि, यहाँ आज कांग्रेस नेतृत्वले कुरा बुझ्न सकेन भने कम्युनिष्टको घरभित्रको झगडाले हामी नै जित्नेछौं भनी आकलन गलत सावित हुनेछ । आजको अपरिहार्य भनेकै व्याप्त आशंकामाझ ओली मण्डलीलाई सत्ता र राजनीतिबाट सदाको लागि बिदा गर्न बृहत् अलायन्स तयार गर्नु हो जुन चीन–भारततिर नढल्केर केबल नेपालीको कल्याणमा सोझो ठडिएको होस् र कांग्रेस प्रमुख प्रतिपक्षीको काँधमा यो जिम्मेवारी आज आएको छ ।
(उपप्राध्यापक, पाटन संयुक्त क्याम्पस, पाटनढोका)

तपाईको प्रतिक्रिया

RELATED POSTS