काठमाडौं । विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाको दोस्रो लहर बढेसँगै सरकारले आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने भएपछि खाद्यन्न अभाव हुन्छ कि भन्ने चिन्ता दुर गर्न सुझाएको छ । कतिपय उपभोक्ताले विगतमा जस्तै यसपाली पनि खाद्य सामग्री खरिद गरी घरमा थन्क्याउन थालिसकेको अवस्थालाई ध्यान दिंदै काठमाडौँ उपत्यकामा लकडाउन भएपनि खाद्य वस्तुको कुनै अभाव नहुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको हो । दोस्रो लहरको कोरोना रोकथामका लागि लकडाउन हुँदा आम उपभोक्तालाई खाद्य आपूर्तिमा समस्या हुन नदिन मन्त्रालयले तयारी गरीरहेको मन्त्रालयले बताएको छ ।
लकडाउन हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन नदिन आइतबार मन्त्रालय छलफल समेत भएको बुझिएको छ । सरकारी र निजी क्षेत्रसंग पर्याप्त खाद्यन्न मौज्दात रहेको जानकारी दिँदै ‘नेपाल सरकारको पूर्ण स्वमित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २३ हजार मेट्रिक टन बढी चालम मौज्दात रहेको छ ।’ यसैगरी गाहुँ, धान, दाल गेडागुडी तेल रहेको मन्त्रालयले बताएको छ । बजारमा खाद्यन्न अभाव हुन नदिन र कालोबजारी गर्नेलाई बजार अनुगमन गरेर कारबाही गर्ने जानकारी दिंदै ‘निषेधाज्ञा जारी भएपछि पनि आपूर्तिमा कुनै समस्या आउन नदिने व्यवसायीहरुसँग छलफल भइसकेको छ । खाद्यन्नको अभाव हुँदैन अहिले नै उपभोक्ताले आत्तिएर खाद्यन्न किनेर घरमा राख्नु जरुरी छैन ।’ भन्दै मन्त्रालयले आपूर्तिमा समस्या आउनु नदिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षमा बसेको बैठकले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन आवश्यक काम गर्ने निर्णय भएको छ ।
मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजारबाट ५० क्विण्टल चामल खरिदका लागि टेण्डर निष्काशन गरेको छ । यसैगरी, नेपाल सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा ३० हजार क्विन्टल गहुँ खरिद प्रक्रिया पनि अगाडि बढेको छ । दुर्गम जिल्लाहरुमा समेत खाद्यान्नको मौज्दात रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका दुर्गम जिल्लाहरुमा रहेका डिपोहरुमा ३२ हजार ८ सय ४५ क्विन्टल चामल मौज्दात रहनुका साथै बिक्री वितरण समेत भइरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS