काठमाडौं । अब काठमाडौं उपत्यकामा आउनेहरुले अनिवार्य रुपमा क्वारेन्टिन र होम आइसोलेशनमा बस्नुपर्ने भएको छ । उपत्यकामा कोरोनाको कहर बढेसँगै गत सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । विशेषगरी सीमा जोडिएका तराईका कतिपय भू–भागबाट काठमाडौ भित्रिने मानिसहरुकालागि यस्तो व्यवस्था गरिएको हो । विगतमा पनि यही किसिमका व्यवहार भएका कारण पछिल्लो बन्दाबन्दीमा यस्तो नियम लागु गरिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । त्यस्ता व्यक्तिका लागि स्थानीय तहले क्वारेन्टिन तोक्ने छन् । सो नियम वैशाख १६ गतेदेखि लागू हुनेछ । प्रजिअहरुको बैठकले वैशाख १६ गते बिहान ६ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । निषेधाज्ञा अवधिभर काठमाडौं आउने व्यक्तिले क्वारेन्टिन र होम आइसोलेशनसम्बन्धी नियम पालना गर्नुपर्नेछ । कोभिड–१९ संक्रमणको जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले उपत्यकाबाहिरबाट आउने व्यक्तिहरुका लागि सो नियम बनाएका हुन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS