काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पनि कोरोना भाइरसको संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । मंगलबार उर्जामन्त्री टोपबहादुर रायमाझी र एमाले नेपाल विष्णु रिजाललाई कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री ओली पनि कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । नेकपा एमालको १४ औं महाविधेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका मन्त्री रायमाझी र नेता रिजाललाई नै संक्रमण देखिएपछि बैठकमा सहभागी सबै नेता कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।
यसैबीच पछिल्लो समय दोस्रो चरणको कोरोनाको कहर बढिरहेको सन्दर्भमा चीनले नेपाललाई थप ९ करोड २० लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने घोषणा गरेको छ । कोभिड–१९ महामारीसँग लड्ने विषयमा नेपाल, चीन, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीबीच भएको भर्चुअल छलफलमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाललाई कोरोना महामारी सामना गर्नका लागि थप स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् । कन्फ्रेन्समा परराष्ट्रमन्त्री ज्ञवालीले कोभिड–१९ महामारीको सामना गर्न र संकटबाट आर्थिक उत्थान गर्न लागि क्षेत्रीय सहयोग बढाउनुपर्नेमा जोड दिएका थिए । स्मरण रहोस् कोरोना महामारीको सुरुको चरणदेखि नै चीनले नेपाललाई बिभिन्न ढंगबाट सहयोग प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS