काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेमा पुगेका माओवादी नेता फर्काउन संवाद थालेका छन् । हालै बसेको केन्द्रीय कमिटी बैठकले एमालेमा गएका माओवादी नेताहरुलाई स्पष्टिकरण सोधिएको पत्र पठाएपछि प्रचण्डले पूर्वसहकर्मीलाई फर्काउन सुरु गरेका हुन् ।
माओवादी पार्टीको केन्द्र र प्रदेश तहका नेता फर्काउन प्रचण्डले भेटघाटलाई तीब्रता दिएको प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले बताए । कतिपय नेतालाई माओवादीमा फर्काउन प्रचण्डले आफूनिकट नेताहरुलाई जिम्मेवारी दिएका छन् ।
‘हामीले एमालेमा गएका माओवादी नेता फर्काउन औपचारिक रुपमा पत्र पठाइसकेका छौ ं। त्यसको प्रतिक्रिया के आउँछ, त्यो एउटा कुरा भयो’ ती स्थायी कमिटी सदस्यले भने, ‘भित्रि रुपमा एमालेमा गएका नेताहरुलाई फर्काउन प्रचण्ड कमरेडले भेटघाटलाई तीब्रता दिनु भएको छ । माओवादीमा फर्किन चाहने नेतालाई सकेसम्म ल्याउने भन्ने छ’ ति नेताले बताए ।
एमालेबाट फर्काउन धेरै नेताहरुसँग संवाद गरेपनि मुर्त रुपमा भइनसकेकाले सार्वजनिक गरिएको छैन । एमालेमा गएका सबै नेता नफर्किएपनि केही नेताहरु फर्किन सक्ने बताएको छ । ‘एमालेमा रहेका माओवादी नेताहरु फर्काउनुपर्छ भन्ने धेरै नेता÷कार्यकर्ताको आशय छ । अहिले नै यो नेता, त्यो नेता फर्किँदै भन्यो भने समस्या पर्ने भएकाले गोप्य राखिएको छ ।
यसैबीच एमालेमा गएका सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशंकर चौधरी फर्किन सक्ने अर्का एक नेताले बताए । माओवादीमा नफर्किए सांसद पद समेत नरहने भएपछि दुई नेता फर्किन सक्ने नी नेताले दावी गर्दै अरु प्रदेशस्तरका सांसद र नेता समेत फर्किन सक्ने बताएको छ ।
स्मरण रहोस माओवादीबाट एमालेमा गएका शीर्ष नेतामा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटीका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा छन् । रायमाझी ऊर्जा मन्त्री छन् भने भट्ट उद्योग र थापा खानेपानी मन्त्री र अर्का केन्द्रीय सदस्य रहेका दावा तामाङ खेलकुद मन्त्री छन् । र उनीहरुले बरु सांसद र मन्त्री पद जाओस् हामी फर्कन्नौ भनिरहेको अवस्था छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS