काठमाडौं । वर्तमान सरकार विघटन गरेर नयाँ सरकार गठन गर्ने राजनीतिक चहल पहल अगाडि बढिरहँदा नयाँ सरकार गठन गर्ने मामिलामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने नेपाली कांग्रेस दर्शकको भूमिकामा देखिएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने प्रस्ताव पास भएपनि सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सरकारमा जाने विषयमा राजी नभएपछि यस्तो अवस्था सिर्जना भएको हो । नेकपा माओवादी समेत संलग्न रहेको नयाँ सरकार गठन गर्न माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहालले गम्भीर प्रयास गरिरहँदा कम्युनिष्टलाई नै समाप्त पारेर अगाडि बढ्नु पर्ने प्रतिक्रिया कांग्रेस सभापति देउवाबाट आउनुलाई महत्वपूर्ण राजनीतिक अभिव्यक्ति मानिएको छ ।
यसैबीच नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुरको मौनता रहस्यमय भएको आरोप लगाएका छन् । नेता पौडेलले कांग्रेस अनिर्णयको बन्दी हुनुमा सभापति जिम्मेबार रहेको आरोप लगाउँदै पौडेलले भने, ‘हाम्रो सभापतिज्युको अहिलेको उदासिनता मलाई पनि रहस्यमय लागिरहेको छ ।’ उनले राष्ट्रमा ‘राजनीतिक अराजकता’ बढिरहेको समयमा कांग्रेसले चाँडै ठोस निर्णय गरेर अन्त्य गर्नुपर्ने धारणा राखेका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS