काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाको आधिकारिकता बदर गरेपछि एमाले र माओवादी केन्द्र पुनः अस्तित्वमा आएका छन् । सर्वोच्चको फैसलाबाट झस्किएको प्रचण्ड–माधव नेपाल समूह वाध्यताले अलग हुने निर्णयमा पुगेका छन् ।
पार्टी विभाजनका लागि संसदीय दल र केन्द्रीय समितिमा ४०÷४० प्रतिशत प्रतिनिधित्व हुनुपर्छ । केन्द्रीय समितिमा माधवको उपस्थिति केपीकै हाराहारीमा भए पनि संसदीय दलमा नेपाल पक्ष कमजोर छ ।
०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेको तर्फबाट १२१ जना निर्वाचित भएका मध्ये पछिल्लो समय हाल १२० जना छन् । यसमा ओलीको हिस्सा सबैभन्दा बढी छ । ८२ सांसदले उनलाई दर्बिलो साथ दिँदै आएका छन् भने माधव नेपालको पक्षमा भने ३८ सांसद मात्र खुलेका छन् ।
२०१ सदस्यीय एमाले केन्द्रीय कमिटीमा ओली समर्थकको उपस्थिति बढी भए पनि माधव समूह पनि हाराहारी जस्तै देखिन्छ । ओली पक्षमा हाल १०५ केन्द्रीय सदस्य खडा हुने बताइएको छ भने माधव पक्षमा ८९ जना खुलेका छन् । त्यस्तै दुई जना वामदेव गौतम र हरि पराजुली तटस्थ छन् । नियुक्ति र निधनका कारण १२ पद रिक्त छन् ।
ओली पक्षका केन्द्रीय सदस्य
केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, किरण गुरुङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, शंकर पोखरेल, रघुवीर महासेठ, विष्णु रिमाल, पुष्प कँडेल, केशव बडाल, काशीनाथ अधिकारी, थममाया थापा मगर, बिन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्र पाण्डे, यमलाल कँडेल, राधा ज्ञवाली, लालबाबु पण्डित, कर्णबहादुर थापा, गोकुल घर्ती मगर, गोरख बोगटी, जगत विश्वकर्मा, दलबहादुर राना, युवराज कार्की, योगनारायण यादव, शेरधन राई, ईश्वरी रिजाल, एकराज विश्वकर्मा, कमला देवी महतो, खगेन्द्र राई, खिमलाल भट्टराई, खेममान खड्का, गणेशसिंह ठगुन्ना, गोमा देवकोटा, जगदीप्रसाद कुसियत, डम्बरसिंह संवाहाम्फे, नजिर मियाँ, पद्या अर्याल, पार्वत गुरुङ, बलवीरप्रसाद चौधरी, वैजनाथ चौधरी, बमबहादुर बिक, भैरवसुन्दर श्रेष्ठ, महेश्वर पाठक, मायानाथ अधिकारी, राजन भट्टराई, लालबहादुर थापा, लीला गिरी, लीलानाथ श्रेष्ठ, शेरबहादुर तामाङ, शिराज अहमद फारुकी, सीता पौडेल, सुजिता शाक्य, सूर्य थापा, सुशीला नेपाल, हिक्मत कार्की, ज्ञानबहादुर भुजेल, कृष्णगोपाल श्रेष्ठ, जया घिमिरे, देवराज घिमिरे, विजय सुब्बा, सुमन प्याकुरेल, रामदयाल मण्डल, गंगा यादव, लालबाबु यादव, हरिनारायण महतो, प्रमोद नारायण यादव, ईश्वर अधिकारी, खेमप्रसाद लोहनी, गुलावजंग शाह, गोविन्दबहादुर नेपाली, तीलक महत, तैयब हुसेन, तीलबहादुर बिक, पुनमसिंह दयाल, प्रेमबहादुर आले, बीना श्रेष्ठ, भगवती चौधरी, भूपेन्द्र थापा, भैरवबहादुर सिंह, मना केसी, माधव ढुंगेल, मोहन बानियाँ, रामरतिदेवी राम, रामशरण बस्नेत, लक्ष्मी पोखरेल, विशाल भट्टराई, शेरबहादुर केसी, सीता सुन्दास, मानबहादुर जिसी, रूपनारायण श्रेष्ठ, नारदमुनि राना, मञ्जु चौधरी, हरिराज वंशी, सरोज यादव, मोहद हारुन, जुली महतो, शान्ता चौधरी, कपिलदेव पोखरेल, डा. शिवमाया तुम्बाहाम्फे रहेका छन् ।
माधव नेपाल पक्षका
माधवकुमार नेपाल, झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, अमृत बोहोरा, अरुण नेपाल, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, प्रदीप नेपाल, प्रकाश ज्वाला, परशुराम मेघी, पशुपति चौलालाई, वेदुराम भुसाल, रघुजी पन्त, राजेन्द्रप्रसाद पाण्डे, रामपृत पासवान, डा.विजय पौडेल, श्रीमाया थकाली, गौरा प्रसाईं कोइराला, जगन्नाथ खतिवडा, तुलबहादुर गुरुङ, भागवत विश्वासी, शत्रुधन महतो, गरिमा शाह, चूडामणि जंगली, जयन्ती राई, जीवन घिमिरे, जीवनराम श्रेष्ठ, टंक कार्की, ठाकुर गैरे, बलदेव चौधरी, ममता गिरी, महफुज अन्सारी, यज्ञराज सुनुवार, राजेन्द्रकुमार राई, रामकुमारी झाँक्री, लक्ष्मण पौडेल, विजय गुरुङ, विरोध खतिवडा, विश्वनाथ प्याकुरेल, सावित्रा भुसाल, सीता गिरी ओली, सोमप्रसाद पाण्डे, श्रीप्रसाद साह, केदार न्यौपाने, कल्याणी खड्का, घनेन्द्र बस्नेत, प्रमेश हमाल, राजकुमार ज्ञवाली, रामचन्द्र यादव, रवीन्द्र बैठा, यदुवंश झा, धर्मनाथ साह, रामचन्द्र साह तेली, रत्नेश्वर गोहित, कमल राई दनुवार, कृष्ण खनाल, गणेश पहाडी, दिनेश राई, धर्मराज निरौला, नीरा जैरु, प्रकाश शाह, प्रतापलाल श्रेष्ठ, प्रेमल खनाल, माधव अर्याल, मेटमणि चौधरी, रचना खड्का, रविन कोइराला, राजन राई, राजबहादुर बुढा, विक्रम शाही, सुरेन्द्र मानन्धर, सोम मिश्र, हरिबहादुर राई, हंशराज शाही, खगेन्द्र चूडाल, झपट रावल, देउमान सम्बाहाम्फे, देवशंकर पौडेल, भाष्कर काफ्ले, सुधीर शाह, र सरला यादव छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS