काठमाडौं । नेपाली लोक गित संगीतको बजारमा दिनै जसो लोक नयां नयां लोक दोहोरी गितहरु बजारमा आइरहेका छन् ।
पछिल्लो समय कांठ क्षेत्रका गितहरु धेरैभन्दा धेरै बजारमा आएका छन् र धेरै जस्तो गितहरुले अत्याधिक चर्चा कमाएका छन् । त्यसै सिलसिलामा गायिका सबिता ढुंगानाको लोक दोहोरी कोशेली ‘शितल दिने कर्के नजर’ बजारमा आएको छ । गितको लोक लय शब्द सबिता ढुंगानाको स्वयंको रहेको छ भने स्वरमा रामेश्वोर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन् गीतको निर्माण मिलन फिल्म्सले गरेको हो, निर्देशन मिलन श्रेष्ठ, मुकेश हुमागाईको छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गरेका छन् । भिडियोमा सिर्जना किराती, सुरज श्रेष्ठ, मन्दिर ढुंगाना लगायतको अभिनय रहेको छ ।
नेपाली लोक दोहोरी छेत्र आफ्नो पहिचान स्थापित गर्न यो गितले केहि टेवा पुग्ने गायिका सबिता ढुंगानाले बताउनुभयो गित डी ए आर मुभिज एंड फिल्म्स इ प्रालिको आधिकारिक च्यानल मार्फत डिजिटल बजारमा आएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS