विप्लव वार्तामा आउने विषयले सिंगै देशमा पृथक खुसी त छाएका छ,। नेकपा विभाजनसँगै देश राजनीतिक गालीगलौज एवं मुठभेडको परिस्थितिमा गुज्रिइरहेको अवस्थाप्रति सरकार र विप्लव समूह अब शान्ति स्थापना गर्ने रोडम्यापमा अघि बढेको छ । यो कार्यलाई सकारात्मक रुपमा लिन सकिन्छ । पटक–पटकका अनौपचारिक भेटघाटले बनाएको वातावरणको फलस्वरूप विप्लवले ‘वार्तामा सकारात्मक’ रहेको विज्ञप्ति स्वयं प्रकाशन मात्र गरेको छैन कि, वार्ता टोली नै गठन भएको छ । यससँगै करिब दुई वर्षदेखि प्रतिबन्धित दल राजनीतिक मूलधारमा आउने सम्भावनाको ढोका खुलेको छ । सरकारको तर्फबाट गृह मन्त्री रामबहादुर थापा र डा. राजन भट्टराई र विप्लवका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता टोली गठन गरिएको छ
दस वर्षे सशस्त्र युद्ध भोगेका नेपाली जनता पुनः त्यता फर्किएर हेर्न चाहँदैनन् । सायद यही कुरालाई हृदयगम गर्दै देशमा शान्ति एवं मेलमिलापको अवस्था सिर्जना हुन आशा पलाएको छ । अर्थात यदि सरकार र विप्लवबीच वार्ता सफल भयो भने विप्लव समूह र सरकार दुवै पक्ष धन्यवादका पात्र बन्ने निश्चित छ । त्यसकालागि वार्तालाई निर्णायक बनाएर मुलुकमा रहिरहने राजनीतिक अशान्ति सधैंका लागि अन्त्य गर्ने अभियानमा दुवै पक्ष इमानदार बन्न जरुरी छ ।
पछिल्लो पटक प्रधानमन्त्री स्वयंले सार्वजनिक कार्यक्रममार्फत वार्तामा बस्न तयार रहने भए उक्त दलमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नेलगायतका प्रक्रियामा सरकार अघि बढ्ने घोषणा गरे र विप्लवले पनि प्रेस विज्ञप्तिमार्फत उक्त प्रस्ताव स्वीकार गरेको अवस्थामा विकसित राजनीतिक घटनाक्रमबाट भने यसपटकको वार्ता तार्किक निष्कर्षमा पुग्ने आशा गर्न सकिन्छ । वस्तवमा भन्ने हो भने विप्लव नेतृत्वको दलले उदाहरण प्रस्तुत गर्ने र राज्यले पनि सोही किसिमका व्यवहार प्रस्तुत गर्दै अघि बढ्नु आजको आवश्यकता हो । यही अनुरुप अघि बढ्ने हो भने वार्ताको वातावरण बन्ने कुरामा कुनै शंका छैन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS