काठमाडौं । सरकारले थप ५० लाख डोज कोरोना खोप खरिदका लागि प्रक्रिया सुरु गरेको छ । २ करोड १७ लाख नेपालीलाई कोरोना खोप लगाउने सरकारको तयारी अनुसार थप खोप ल्याउन प्रकृया शुरु भएको हो । हालससम्म नेपालले जिटुजी मार्फत नै २० लाख डोज खोप खरिद गरेको छ । जसको पहिलो खेप १० लाख डोज नेपाल ल्याइसकिएको छ भने बाँकी १० लाख डोज ल्याउन बाँकी रहेको छ । हाल मन्त्रालयसँग रहेको र बाँकी खोप खरिद गरी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने मन्त्रालयले बताएको छ । २ करोड १७ लाख नेपालीलाई कोरोना खोप लगाउने सरकारको तयारी रहेको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ल्याउन निजी क्षेत्र अनिच्छुक रहेको पाइएको छ । सरकारले गत माघ २१ गते निजी क्षेत्रलाई कोरोना खोप ल्याउन शर्तसहित खुला गरेको भने औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता २०७७ मा राखिएका विभिन्न मापदण्ड पूरा गर्नेले खोप ल्याउन सक्ने व्यवस्था सरकारले गरेको थियो ।
पहिलो– खोपको मूल्य सरकारले तोक्ने, दोस्रो– सरकारले तोकेको स्वास्थ्यसंस्थाबाट मात्रै खोप लगाउन पाइने र तेस्रो– सरकारले तोकेको प्राथमिकता सूचीमा परेकोलाई मात्रै खोप लगाउन पाइने ।
‘ औषधि व्यवस्था विभागले पनि अहिलेसम्म सरकारले जिटुजीमार्फत मात्रै खोप ल्याएको बताएको छ । निजी क्षेत्रका आयातकर्ताले खोप ल्याउन अनुमति लिँदा केही प्रकिया पूरा गर्नुपर्ने विभागले बताएको छ । साथै यसअघि हुकुम डिस्ट्रिब्युटर्सले भारतको ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगको लागि दर्ता गरेको थियो । पछिल्लो समय ति कम्पनीले आयातका लागि थप कागजात पु¥याएर विभागमा आयातको निवेदन दिएमा आयात गर्न ससकिने विभागले बताएको छ । स्मरण रहोस् भारतले १० लाख डोज र चीनले ८ लाख डोज कोरोना खोप अनुदानमा दिने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS