कोरोनाका कारण भएको ९ महिना लामो लकडाउनपछि बलिउडमा आक्रामक रुपमा काम भइरहेको छ । र, सबैभन्दा तीव्र गतिमा अभिनेता अक्षय कुमारले काम गरिरहेका छन् । उनले आफ्ना पुराना प्रोजेक्टको छायांकन पूरा गरिरहेका छन् भने नयाँ फिल्म पनि साइन गरिरहेका छन् । अहिले उनीसँग यति धेरै प्रोजेक्ट छ कि साइन गरेको फिल्म समेत छाड्न बाध्य भएका छन् ।
बलिउड हंगामाको एक रिपोर्ट अनुसार, उनले निर्देशक मुदस्सर अजीजको फिल्म छाडेका छन् । ज्याकी भगनानीले निर्माण गर्ने फिल्मका लागि अक्षयले सय करोड पारिश्रमिक बुझेका थिए । तर, समय अभावका कारण उनले फिल्म छाड्न बाध्य भएका हुन् । उनले फिल्मबाट हात झिकेपछि निर्माण टिमले अभिनेता राजकुमार रावलाई अनुबन्ध गरेको भारतीय मिडियाले बताएको छ ।
अक्षय कुमारले फिल्म छाडेको यो पहिलो पटक भने होइन । उनले छाडेका केही फिल्म सुपरहिट पनि भएका छन् । बाजिगर, फूल और कांटे, रेस, भाग मिक्का भाग’ जस्ता फिल्म उनलाई अफर भएको थियो । तर, विभिन्न कारणले उनले काम गरेनन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS