काठमाडौं । ‘मिस नेवाः नेपाल ११४१’को ताज कृषा महर्जनले हात पारेकी छिन् । काठमाडौं डल्लु निवासी महर्जनले शनिवार राति राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित नेवार युवतीहरुबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगितामा १४ प्रतिस्पर्धीलाई पछाडि छोड्दै ‘पन्ध्रौं मिस नेवाः नेपाल ११४१’ को ताज हात पारेकी हुन् । बिजेता महर्जनले उपाधिका साथमा नगद १ लाख रुपैयाँ प्राप्त गरेकी छिन् ।
नेप्लिज फेसन होमले आयोजना गरेको प्रतियोगितामा ललितपुरको पाटन सुन्धाराकी प्रिया तण्डुकार फष्ट रनरअप र कलंकी काठमाडौंकी कृष्टीना महर्जनले सेकेण्ड रनरअपको उपाधि जितेका छन् । उनीहरुले उपाधिका साधमा क्रमश २५ हजार र १५ हजार रुपैयाँ नगद समेत प्राप्त गरेका छन् ।
नेवारी कला र संस्कृति झल्किने विभिन्न झाँकी प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितमा मनिका खड्गी मिस ट्यालेण्ट र मिस फोटोजेनिक, रोहिना महर्जन सोसिएल वेलफेयर एम्बेसडर चिफ र वेस्ट स्किन, मनिषा महर्जन वेष्ट ड्रेस, एञ्जिला अवाले मिस डिसिप्लेन, लेनिका डंगोल वेष्ट हेयर र मिस पर्सनालिटी, सौर्य शाही बेस्ट स्माइल तथा स्वीकृति महर्जन मिस फ्रेन्डसिप, प्रियाले मिस पब्लिक च्वाईस र कृष्टीनाले मिस चार्मिङको उपाधि हात पारेका थिए ।
रोजिन शाक्यको कोरियोग्राफी तथा उनका साथमा पूर्व मिस नेवाः नेपाल सुनिता डंगोलद्वारा सञ्चालित प्रतियोगितामा नेपाल क्योकुसिन सेइसिन काइकान कराँते संघका अध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका मेनेजर सरोजकुमार शाक्य, स्पेशल ओलम्पिक नेपालका अध्यक्ष डा. शिक्षीता श्रेष्ठ, कन्र्सन नेपालका निर्देशक डा. विजय सैंजु, पूर्व मिस नेवाः नेपाल एलिशा बज्राचार्य र नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुङको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, धर्म, संस्कृति, भाषा र भेषलाई जिवन्त राख्न १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्दै आएको जानकारी गराइन् ।

तपाईको प्रतिक्रिया

RELATED POSTS