काठमाडौं । रुबिना दिलाइक भारतको चर्चित रियालिटी शो ‘बिग बोस’ सीजन १४ को विजेता बनेकी छिन् । रुबिनाले ट्रफीसँगै नगद ३६ लाख भारतीय रुपैयाँ पुस्कार हात पारेकी छिन् ।
बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना र राहुलबीच कडा टक्कर थियो । यद्यपि मत सर्वेक्षणहरुमा रुबिना नै अगाडि देखिइएकी थिइन् ।
रुबिना टेलिसिरियल ‘छोटी बहु’को एक चर्चित अनुहार हुन् । उनले श्रीमान अभिनव शुक्लासँगै बिग बोस कार्यक्रममा भाग लिएकी थिइन् ।
बिग बोस कार्यक्रम सञ्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए । सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो । कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।
शोमा माधुरी दीक्षित, धर्मेन्द्र, रितेश देशमुख पनि देखिएका थिए । एक सय ४० दिनसम्म चलेको कार्यक्रममा रुबिना दिलेक, राहुल वैद्य, अली गोनी, निक्की तम्बोली तथा राखी सावन्त फाइनलमा पुगेका थिए । अली गोनीलाई सबैभन्दा कम भोट मिलेका कारण उनी प्रतियोगिताबाट बाहिरिएकी थिइन् । ३ अक्टोबर, २०२० मा २२ सदस्यसहित कार्यक्रमको १४ औं संस्करण सुरू भएको थियो । कार्यक्रममा एक सय १७ एपिसोड चलेको थियो ।

तपाईको प्रतिक्रिया

RELATED POSTS