सप्तरी । सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट फागुन १० गते एपीएफ टोलीले करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी घर बताउने २६ वर्षिय जोसिम आलम छन् ।
नेपालबाट अवैध रुपले लुकाई छिपाई भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको करीव १ किलो ३९ ग्राम चाँदीसहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका निज आलमलाई बरामद चाँदीसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS