काठमाडौं । पुस ५ देखि नै ओलीको कदमको विरोध भन्दै कांग्रेसका शीर्षदेखि युवा नेता देश दौडाहामा छन् तर यस संवैधानिक र राजनीतिक संकटमा पार्टीको लाइन के हो जनतालाई बताउन सकेका छैनन् । उनीहरु पार्टीको होइन, आफ्नो बुझाइ र राजनीतिक लाइन कायकर्तालाई बताइरहेका छन ।
नेपाली कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन भैरहेको छ । जिल्लामा भएका प्रदर्शनलाई सम्बोधन गर्ने कांग्रेसका नेताहरुले एकआपसमा फरक र विरोधाभाष अभिव्यक्ति दिंदै आएका छन् । साथै पार्टीका शीर्ष नेताहरुको मात्र होइन, युवा नेताहरुको विचमा नै कार्यकर्ता र जनतालाई दिने राजनीतिक सन्देशमा नै भिन्नता देखियो । जसका कारण नेपाली कांग्रेसका कार्यकर्तामा ठूलो अन्योल सिर्जना भएको देखिन्छ । संसद विघटनको सवालमा मात्र होइन अदालत, निर्वाचन आयोग, विभिन्न संवैधानिक आयोगमा भएका नियुक्ति लगायतका विषयलाई हेर्ने विषयमा पनि कांग्रेस नेताहरुले फरक र विरोधाभाष अभिव्यक्ति दिएका कारण यस्तो अवस्था आएको हो ।
सामान्यतया कुनै पनि विषयमा राज्य र गैरराज्यले पक्षले लिएका कुनै निर्णय वा गतिविधिको विरोध गर्न । जनतालाई आफ्नो कुरा भनेर आफ्नो पक्षमा समर्थन जुटाउन अनि आवश्यक परेमा आन्दोलनका लागि जनतालाई उत्प्रेरित गर्न । अनि कुनै पनि राजनीतिक घटनाक्रमको बारेमा पार्टीको राजनीतिक लाइन के हो भनी जनता र कार्यकर्तालाई स्पष्ट पार्न । तर नेपाली कांग्रेसको दुवै समूहका नेताहरुका अभिव्यक्ति र भाषणले कार्यकर्तामा भ्रम पर्नु स्वभाविकै हो । किन कि, पार्टी सभापति शेरबहादुर देउवा जस्तो निर्णय आएपनि स्वीकार गर्ने पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल संसद पुनःस्थापनाको पक्षमा वकालत गर्दै आएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवाको भाषणलाई हेर्ने हो भने उनी जसरी पनि निर्वाचनको पक्षमा रहेको देखिन्छ । उनले निर्वाचनको तयारी अगाडि नबढाएको निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘निर्वाचन आयोगलाई मतलब नै छैन । यो निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ ।’ देउवाले संसद विघटनको विषयमा सर्वाेच्च अदालतले जे निर्णय गर्छ, त्यही मान्ने पनि बताएका छन् ।
तर पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलको राजनीतिक लाइन भने अलिक पृथक छ । उनले धादिङमा आयोजना गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै मध्यावधि निर्वाचनले कुनै पनि हालतमा स्थायित्व नल्याउने बताए । पौडेलले भने, ‘झण्डै दुई तिहाइको सरकार चलाइरहेको ओलीले पार्टीभित्रको विवादका कारण संसद भंग गरे, भएको स्थायित्वलाई कायम राख्न नसक्ने, स्थायित्वको लागि चुनाव भनेर मात्रै हुन्छ ?’ पौडेलको प्रश्न छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS