काठमाडौं । सरकारले ठूलो संख्या सचिवको सरुवा गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेशकुमार अधिकारीको निर्वाचन आयोगको कार्यालयमा सरुवा भएको छ । अधिकारीको ठाउँमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम राय गएका छन् ।
निर्वाचन आयोगकी सचिव देवकुमारी गुरागाईँलाई उपराष्ट्रपतिको कार्यालयमा पठाइएको छ भने उपराष्ट्रपति कार्यालयका सचिव केदार न्यौपानेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुरेश आचार्यलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरेको छ भने पुननिर्माणमा राष्ट्रिय सतर्कता केन्द्रका सचिव मणिराम गेलाललाई ल्याएको छ । नेपाल ट्रस्टका देवेन्द्र कार्कीलाई सतर्कता केन्द्र पु¥याइएको छ ।
त्यसैगरी शिक्षा मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई ल्याइएको छ भने शिक्षा सचिव गोपीनाथ मैनालीलाई वित्त आयोग सरुवा गरिएको जान मानेका छैन । आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । भूमी सचिव टेकनारायण पाण्डेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइएको छ भने सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सूर्यप्रसाद गौतम श्रम मन्त्रालयमा ल्याइएको छ ।
प्रदेश १ का प्रमुख सचिव दिनेश भट्टराईलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय(उद्योग) सचिवमा ल्याइएको छ भने भट्टराईको ठाउँमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय(अतिरिक्त)का सचिव सुमन अर्याललाई खटाइएको छ ।
वाणिज्य सचिवको जिम्मेवारी लोक सेवा आयोगका सचिव अर्जुन पोखरेललाई दिइएको छ । आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँलाई पठाइएको छ भने वाणिज्य सचिव वैकुण्ठ अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS