काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतलाई सहयोग गर्न गठित अदालतको सहयोगी ‘एमिकस क्युरी’ बाट राय लिन काम सुरु भएको छ । पाँच जना एमिकस क्युरीमध्येबाट पहिलो राय प्रस्तुत पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गरेका थिए । उनले विघटनविरुद्ध परेको रिट निवेदनमा पक्ष र विपक्ष दुवैलाई समेटेर मध्यमार्गी धारबाट राय प्रस्तुत गरेका थिए ।
नेपालको संविधानमा स्पष्टरूपमा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नभए पनि राजनीतिक अधिकार कार्यकारीलाई हुने राय दिंदै संविधानले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार दिएको छ, संविधानको धारा ६७ ९७० को साइलेन्स बसेको छ भन्दै उनले संविधानको धारा ७६ को ९ सय १० ले विघटन गर्न पाउने अधिकार छ । बहसकै क्रममा न्यायाधीश सपना मल्लले सवाल गरिन्, संविधानमा लेखिएको कुरालाई हेर्ने कि राजनीतिक कुरालाई हेर्ने ? भन्ने प्रश्नको जवाफ दिंदै कार्कीले संविधानमा शक्ति सन्तुलनको सिद्धान्त हुन्छ, त्यो सिद्धान्तअनुसार प्रधानमन्त्रीलाई विघटन गर्न पाउने अधिकार हुन्छ ।
संविधानको अन्तिम व्याख्या गर्ने निकाय सर्वोच्च अदालत भएको हुनाले इजलासबाट हुने फैसला महत्वपूर्ण हुने उल्लेख गरेका थिए । पाँच जना एमिकस क्युरीमा सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठकले क्रमैसँग राय दिएका थिए । प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १३ रिट निवेदकका पक्षबाट जवाफी बहस गत मंगलबार सकिएको थियो ।
स्मरण रहोस् सरकारी पक्ष, सभामुख र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानून व्यवसायीले बहस गरिसकेका छन् भने एमिकस क्युरीको बहस सकिएपछि निर्णय आउने बुझिएको छ ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS