काठमाडौं । गायक जितेन्द्र घिसिङको स्वरमा भ्यालेन्टाइन विशेष ‘रंग भन्दा रंगीन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा दिग्गज डिजे उरालिको शब्द अर्जुन पोखरेलको संगीत महाराज थापाको एरेन्ज तथा नरेश बिबिसिको मास्टर मिक्सिङ रहेको छ ।
त्यस्तै सार्वजनिक भिडियोमा निराजन प्रधान र श्रेया सिटौलाको अभिनय उत्सव दाहालको सिनेमा ग्राफर र निशान कस्यापको सम्पादन तथा निर्देशन रहेको छ ।
गीतको भिडियोले निराजन र श्रेयाको प्रेमभाब देखाइएको छ । त्यस्तै निराजनले श्रेयाको बर्णण गर्दैछन ।
मोडल निराजन प्रधानले हजारभन्दा बढी म्युजिकभिडियो र केहि बिज्ञापनमा समेत काम गरिसकेका छन् । साथै नयाँ फिल्म ‘कहानी तिम्रो मेरो’ मा मुख्य अभिनेताको रुपमा देखिदैछन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS