प्रतिनिधिसभा विघटन गरेर आफ्नो दल पनि विभाजन गरेका प्रधानमन्त्री ओलीका कारण यतिवेला नेपाली समाज तीव्र ध्रुवीकरणको चपेटामा परेको छ । प्रतिनिधिसभाको विघटन संवैधानिक र राजनीतिक दुवै दृष्टिले नेपाललाई गन्जागोल र अस्थिरतातिर धकेल्ने पछिल्लो कदम हो भन्ने व्याख्या, विश्वास गरेर नागरिक समाज, राजनीतिक दलले विरोध गरेका छन् । यस्तो विरोध वक्तव्यबाजी, कोठेबैठक हुँदै सडकसम्म पुगेको छ । अचम्म के छ भने ०६० को वरपर राजा ज्ञानेन्द्रको ‘कु’ का विरुद्ध सडकमा निस्केको नागरिक समाजको मुख्य हिस्सा यतिवेला फेरि सडकमा निस्केको छ । ओलीको असंवैधानिक कदमको समर्थन गर्ने र विरोध गर्नेबीच समाज ध्रुवीकृत हुन पुगेको छ ।
समाजलाई एकताको सूत्रमा बाँधेर राख्ने संविधान च्यातेर आरम्भ भएको यो ध्रुवीकरणमुखी राजनीतिलाई वेलैमा परास्त गर्नु जरुरी छ
उनी जहाँ जान्छन्, त्यहीँको समाजमा विभाजनको बिउ रोप्छन् । जस्तो कि कालो टोपी लगाउने या कालो मास्क लगाउने अथवा ‘निर्मलाको बालात्कारी खोइ’ भनेर प्रश्न गर्नेहरू ओलीको विपरीत खेमाका बनाइए र तिनलाई सभामा सहभागी हुन दिइएन । केहीलाई गिरफ्तार नै गरियो । उनले यो तीन वर्षमा बिग्रेको आफ्नो विकासे छवि र भर्खरै फाटेको राष्ट्रवादको टालो फेरि सिउने र कस्मेटिक लगाएर उजिल्याउने प्रयास गर्दै अर्को पक्षलाई राष्ट्रघाती भन्दै आरोपित गरे । स्वाभाविक रूपमा पछिल्लो समय जे जस्ता नाराहरु सडकमा लाग्ने गरेका छन्, अन्ततः ति नाराले कम्युनिष्ट नेता कार्यकर्तालाई घाटा पर्ने हो, नकि अरु पार्टी वा नेतालाई ।
नेपालमा पनि पछिल्लो समय राज्यशक्तिको दुरुपयोग गर्दै ओलीले जे–जस्तो राजनीतिक अवस्थातिर देशलाई धकेल्दै लगेका छन्, त्यसले बहुलवाद, लोकतन्त्र, प्रतिस्पर्धा र सहअस्तित्वलाई अस्वीकार गर्छ । यो ध्रुवीकरण फासीवादकै उदयको एउटा पूर्वाभासजस्तो देखापर्छ । समाजलाई एकताको सूत्रमा बाँधेर राख्ने संविधान च्यातेर आरम्भ भएको यो ध्रुवीकरणमुखी राजनीतिलाई वेलैमा परास्त गर्नु जरुरी छ ।

 

 

तपाईको प्रतिक्रिया

RELATED POSTS