पोखरा । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताएका छन् । पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलामा प्रचण्डले माधव नेपाललाई पञ्चायत विराधी आन्दोलनबाटै चिनेको र सोही अनुसार आफुले पाएको बताउन थालेका छन् ।
गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेको बताउँदै प्रचण्डले भने, ‘केपी ओलीको उद्देश्य इमान्दारिताको रहेनछ । नाङ्गै हुने छलछामको तरिका अपनाउने रहेछ ।’ प्रचण्डले कसैले भन्दैमा एकता नबिग्रने बताउँदै ‘म माधवको पक्षमा गएकै हो । त्यसो भनेर के बिग्रन्छ ? माधवजी मेरो पक्षमा, म माधवजीको पक्षमा । एकता गरेको हो नि हामीले, ओर्जिनल सहमति हो’, प्रचण्डले भने ।
आफूहरु जालझेल गर्नेको पक्षमा नरहेको बताउँदै भने, ओलीले पार्टी एकता पछि बसेको पहिलो स्थायी कमिटी बैठकबाटै घच्याकघुच्चुक गर्न थालेको बताए ।
माओवादी र एमाले एकीकरणमा वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको उनले बताए । वामदेवकै पहलकदमीमा पार्टी एकीकरण अगाडि बढेको पनि प्रचण्डले बताए ।
तर प्रचण्डले जतिसुकै राम्रो भनेतापनि उनको पछि लाग्नु हुन्नथ्यो भन्ने कार्यकर्ताको गोप्य सुझाव आउन थालेपछि उनी विलखबन्दमा पर्न थालेका छन् । आजसम्म ३२ वर्षसम्म निरन्तर अध्यक्ष भएका र पाँचवटा पार्टी विघठन अनि उनले धोका दिएका व्यक्तिहरुको हिसाब गर्दा ९ जना पुगेको अवस्थालाई पछिल्लो समय नेता नेपालले गम्भीर भएर सोच्न थालेपछि उनी विलखबन्दमा परेका हुन् ।
१० वर्ष सँगै जनयुद्ध लडेका मोहन वैद्य, बाबुराम भट्टराई रामबहादुर थापा, लेखराज भट्ट, रायमाझी, लगायतका नेतालाई धोका दिएका प्रचण्डले धोका नदेलान् भन्ने के छ आधार ? नाम उल्लेख नगर्ने शर्तमा एक केन्द्रीय सदस्यले प्रतिप्रश्न गरेका छन् । साथै उनले नेपाली जनताका कैयौ छोराछोरीलाई जनयुद्धमा सामेल गराएर बिचल्ली बनाएको, र अन्तिम समयमा प्रचण्डले हामीलाई प्रयोग गरेर छोड्ने निश्चित छ भनेर माधव कमरेडलाई सुझाव दिएको पनि ति नेताले बताएका छन् । यि र यस्ता अनेकौ संशयबाट अघि बढेको दाहाल नेपाल गठबन्धन दिगो नहुने कुरा अधिकांश वामविश्लेषकहरुको अनुमान रहेको छ ।
लामो समय तत्कालिन एमालेको महासचिव भएर पार्टी चलाएका माधव नेपाल आफैंमा चतुर खेलाडी हुन् र उनले प्रचण्डको व्यवहार पनि राम्ररी बुझेका छन् । सायद त्यै भएर होला उनको अनुहारमा चमक हराएको छ । साथै पछिल्लो समय निकै बेचैन देखिएका छन् ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS