काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएको अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाललाई निर्वाचन आयोगले सूर्य चिन्ह नदिने निश्चित भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेकपाको बिधान, बैठक बोलाउने बैधानिक ब्यवस्था र अध्यक्षको हैसियतबारे प्रष्टै जवाफ दिएपछि यस्तो अवस्था आएको हो ।
प्रचण्ड र नेपाल दलबलसहित निर्वाचनको तयारीको काम अघि नबढाउन धम्कीसहित आयोगमा पुगेका थिए । चुनाव भन्यो कि तर्सेर भाग्न थालेका प्रचण्ड र माधवले आयोगलाई किन निर्वाचनको काम नरोकेको भन्दै धम्की दिएपछि थपलियासहितका आयोगका पदाधिकारीहरुले आफूहरु संबिधानअनुसार सरकारले घोषणा गरेको निर्वाचन गराउने दायित्वमा रहेको भन्दै यस्तो कुरा लिएर फेरि आयोगमा नआउने सचेत समेत गराएका थिए । आफूलाई अध्यक्षको मान्यता नदिएको भन्दै रिसाउँदै पुगेका नेता नेपाललाई त आयोगका पदाधिकारीले बिधान पढाएर पठाएको बुझिएको छ ।
‘तपाईहरुले आयोगमा बुझाएकै बिधानले तपाईहरुको बैठक बैधानिक हो भन्छ र ? तपाईहरुको राजनीतिमा आयोगलाई नतान्नोस, आयोगले मुलुकको संबिधान र तपाईहरुको बिधान हेर्छ, अध्यक्ष को छ ? महासचिव को छ ? बिधानअनुसार बैठक बसेको छ कि छैन भन्ने तथ्य हेरेर निर्णय दिन्छ,’ आयोग पदाधिकारीको जवाफ थियो । आयोगले माधव नेपाललाई नेकपाको अध्यक्ष मान्नै नसकिने तथ्य पनि राखिदिएको छ ।
‘बिधिवत रुपमा नेकपाको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड हुन, दुईको सहमति र महासचिवले बिधिवत रुपमा राखेको प्रस्तावमा हुने निर्णय मात्रै बिधानअनुसार मान्यता पाउँछ, अन्यथा आयोगले त्यस्ता निर्णयलाई मान्यता दिँदैन,’ प्रचण्ड र माधवलाई निर्वाचन आयोगको जवाफ थियो । आयोगको यो भनाईले नेकपा र सूर्य चिन्ह केपी शर्मा ओली नेतृत्वको मुल पार्टीमै रहने प्रष्ट भएको छ । तर प्रचण्ड–माधव समुह भने धम्कीको भरमा र सडकको संख्या गनेर आफूहरु नै आधिकारिक हुने अफवाह फैलाइ रहेको छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS