काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलील प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा पछि विरोधमा उत्रिएको दाहाल नेपाल समूह ट्वाँ परेको छ । सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा आयोगले निर्वाचान रोक्न नसकिने र आवश्यक तयारीमा लागेको बताएपछि सो समूह ट्वाँ परेको हो ।
यसैबीच नेपाली कांग्रेसले घुमाउरो पारामा निर्वाचानमा जाने कुरामा समर्थन जनाएको छ । सायद त्यही कारण सो पार्टीको विरोधका स्वरहरु कमजोर हुँदै गएका छन् । साथै सो पार्टीका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस पार्टी निर्वाचन घोषणा प्रति सकारात्मक रहेको संकेत दिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता मतदान गर्न उत्साहित भएकोले निर्वाचनमा जाने कुरा सकारात्मक भएको प्रतिक्रिया दिंदै उनले आफ्ना नेता कार्यकर्तालाई चुनावको तयारीमा लाग्न समेत निर्देशन नै दिइसकेका छन् ।
त्यसो त नेकपाकै दाहाल नेपाल समूह भने बैशाख १७ र २७ गते निर्वाचनको घोषणा गरेपछि त्यसको विरोध र समर्थनमा सडक तातेको छ । सो विषयको मुद्दा अदालतमा समेत विचाराधीन छ । ठिक यही समय कांग्रेस सभापति देउवाले विचाराधीन मुद्दामा सडकबाट दबाब दिन नमिल्ने प्रतिक्रिया दिँदै निर्वाचनको समर्थन जनाउनुले सो पार्टीको धारणा प्रष्ट भएको छ ।
यसैबीच कांग्रेस उपसभापति विमलेन्द्र निधि समेत निर्वाचनको पक्षमा देखिएका छन् । उनले पनि सर्वोच्च अदालतले निर्वाचनमा जाने फैसला दिए कांग्रेस निर्वाचनमा जाने बताएका छन् । यो कुरा जनकपुरमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस कहिलै पनि चुनावबाट नभाग्ने बताउनुले यो कुरा पुष्टि भएको छ ।
त्यस्तै अर्का नेता चन्द्र भण्डारीले प्रतिनिधिसभा विघटन भइसकेको अहिलेको अवस्थामा निर्वाचनमा जानु नै सबैभन्दा उत्तम उपाय भएको प्रतिक्रिया दिएका छन् । गत सोमबार बुटवलमा भएको एउटा कार्यक्रममा उनले प्रतिनिधिसभा विघटनालाई सकारात्मक कदम भएको बताएका हुन् । सत्तारुढ दलका नेताबाट पदका लागि लडाईं गरेर झण्डैँ दुईतिहाई बहुमत प्राप्त सरकारलाई काम गर्न नदिने अवस्था अन्त्यको लागि निर्वाचनमा जाने कुरा उत्तम विकल्प भएको बताउँदै पदकै झगडाले सरकारले कुनै काम गर्न नसक्ने भएपछि प्रतिनिधिसभा विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक भएको उनको धारणा छ ।
वास्तवमा संस्थापन पक्षको विरोध गर्ने परम्परालाई कायम राख्दै कांग्रेस नेता रामचन्द्र पौडेल लगायतका केही नेताले प्रतिनिधि सभा विघटनको विपक्षमा मत जायर गरिरहेका भए पनि आन्तरिक रुपमा नेपाली कांग्रेस निर्वाचनको तयारीमा जुटिसकेको कुरामा कुनै शंका छैन ।

 

तपाईको प्रतिक्रिया

RELATED POSTS