काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि मुलुकको पक्ष, विपक्षमा नउभिने स्पष्ट पारेका छन् । उनले दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले मित्रवत् सम्बन्ध चाहेको बताउँदै उनले ‘हामी कुनै पनि मुलुकको पक्ष, विपक्षमा उभिँदैनौं ।
नेपाल तटस्थताको नीति लिन्छ’ एक भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने, ‘हामी दुवै मुलुकसँग मित्रवत् व्यवहार गर्दछौं । र हाम्रा लागि दुवै मुलुक भरोसायोग्य मित्र हुन् । नेपाल सन्तुलित र तटस्थताको नीतिमा विश्वास गर्छ भन्दै प्र.म. ओलीले नेपाली भूमि एक अर्का मुलुकविरुद्ध प्रयोग गर्न नदिने स्पष्ट पारेका हुन् ।
नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतसँगको सम्बन्धमा चिसोपन आएको दावी गर्दै भारतीय केही कूटनीतिज्ञ र सञ्चारमाध्यमले नेपालले चीनको उक्साहटमा भारतविरुद्ध प्रयोग भएको आरोप लगाउँदै आएका थिए ।
तर पछिल्लो समय नेपालले चीनसँग बढी झुकाव राखेको भन्ने आरोपको प्रधानमन्त्री ओलीले खण्डन गर्दै यो विषयमा कुनै सत्यता छैन,’ उनले भने, ‘हामी दुई मुलुकबीच असल सम्बन्ध स्थापित गर्न चाहन्छौं । र हामी यी दुई मुलुकबीच एकसँग अर्काको कार्ड प्रयोग गर्दैनौं ।’
नेपाल र भारत भूगोलमा सानो ठूलो भए पनि सार्वभौम मुलुकका रूपमा समान हैसियत रहेको प्रधानमन्त्री ओलीले भारत राम र नेपाल लक्ष्मण भएको प्रसंग उल्लेख गर्दै के नेपालले भारतलाई ठूलो दाइ मान्न अस्वीकार गरेको बताएका थिए । प्रधानमन्त्री ओलीले भने, ‘भारत राम हो, नेपाल लक्ष्मण हो । भूगोलमा कुनै मुलुक सानो कुनै ठूलो हुन सक्छ तर देशका रूपमा ठूलो सानो हुन सक्दैन । त्यस्तै ओलीले ‘सार्वभौमसत्ता सम्पन्न देश, दुई असल मित्र, एउटा क्षेत्रमा रहेका नेपाल–भारत समान देश भएको दावी गर्दै यो पुरानो जमाना होइन, उपनिवेशिक समय होइन । यो पारस्परिक सम्बन्ध र सहयोगको समय हो भन्ने सन्देश पनि दिएका थिए ।
त्यसैगरी प्रधानमन्त्री ओलीले दुई देशबीच देखिएको सीमा विवादबारे पनि स्पष्ट पार्दै केही भारतीय सञ्चारमाध्यमले चीन र भारतबीच गलवानमा सैन्य तनाव बढिरहेका बेला नेपाल चीनको उक्साहटमा गएको आरोप लगाएका थिए । तर प्रधानमन्त्री ओलीले चीन–भारतबीचको विवादसँग नेपाललाई नजोड्न सुझाएका थिए । ‘गलवानको विषयमा हाम्रो कुनै सरोकार छैन । दिल्लीले आफ्नो राजनीतिक नक्सा सार्वजनिक ग¥यो । उसले लद्दाख–कश्मीरको मात्र विषय समेटेको भए हामीलाई कुनै वास्ता हुँदैनथियो,’ ओलीले भने, ‘तर नेपालको भूमि पनि समेटिएपछि हामीले यो राम्रो भएन भनेर भनेका हौं । त्यसपछि हामीले वार्ताका लागि निरन्तर प्रयास गरेका थियौं, यो ठीक भएन भनेर डिप्लोमेटिक नोट पनि पठाएका थियौ, त्यसको कुनै सुनुवाइ भएन ।

तपाईको प्रतिक्रिया

RELATED POSTS