काठमाडौं । इलामेली स्रष्टा, सर्जक, गायक बिजेन्द्र गुरुङको नविन प्रस्तुती आज पनि सधैं जस्तै बोलको गीत सार्वजनिक भएको छ ।
हाल अमेरिकाको जोर्जिया, एटलान्टामा बसोबास गरिहनु भएका बिजेन्द्र गुरुङको शब्द र स्वरमा सजिएको यो गीतमा सुुरेशकुमार क्षेत्रीको संगीत तथा बिक्रम कार्कीको संगीत संयोजन रहेको छ । दुई दशकपछि सांगीतिक फाँटमा पुनः अवतरण गर्नु भएका गुरुङ नयाँ–नयाँ सृजनाका साथ अगाडि आउने तयारीमा हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS