हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई विधि, पद्धतिसंगत सञ्चालन गर्ने चुनौतिपूर्ण विषयलाई यतिबेला हामीले कामको केन्द्रभागमा राखेर अगाडि बढेका छौँ । सरकार पार्टी निर्णयको अधिनस्थ हुन्छ । पार्टीका संस्थागत निर्णयका आधारमा सरकार चल्नुपर्छ भन्ने कुरामा हाम्रो जोड छ ।
विगत ६–७ महिनादेखि पार्टीमा चलिरहेको विवादले केही समाधानको रुप लिने आशा हामीले राखेका थियाँै । सचिवालय बैठकले विवाद समाधानका लागि गठन गरेको कार्यदलको सुझावलाई स्थायी कमिटी बैठकले पारित ग¥यो । त्यसपछि केही कुरामा सुधार होला, पार्टी अब ठीक लिगमा अगाडि बढ्ला भन्ने हाम्रो आशा हो । त्यसआधारमा अब काम होला भनेको त, फेरि प्रदेश ५ को राजधानी कहाँ राख्ने ? नाम के हुने भन्ने कुराको सहमति भयो भन्ने कुरा एकैचोटि पत्रिकामा आएपछि थाहा भयो । पत्रिकाबाट हामीले थाहा पाउनुपर्ने ? मानिलिउँ, मैले यसको विरोध गरेँ भने के हुन्छ ? विरोध गर्ने मेरो अधिकार त छ । म निर्णय गर्ने टपमोस्टमध्येको मान्छे हुँ । निर्णय ठीक होला, मेरो राय पनि त्यही होला । तर, छलफल गर्नुपर्छ कि पर्दैन ? प्रश्न विधिको हो । तपाईं घरमा आउनुभयो, राम्रो कुरा भयो । तर, तपाईं ढोकाबाट नआएर झ्यालबाट आउनुभयो भने के हुन्छ ? आउने कुरामात्रै महŒवपूर्ण हुँदैन, तरिका पु¥याउने कुरा पनि महŒवपूर्ण हुन्छ । प्रदेश ५ को निर्णय राम्रो ठान्ने म पनि हुनाले ठीकै छ । तर, तरिका भएन नि † एउटा जुम मिटिङ गरेर कुरा गरेको भए हुन्थ्यो होला ।
पार्टी एकतामा पनि समस्याहरु पैदा भएका छन् ।
पूर्वएमालेको कुरा गर्ने हो भने हामी पार्टी एकताका धेरै चरण पार गरेर आजको अवस्थामा आएका हौँ । त्यसैले हाम्रा निम्ति एकता नयाँ प्रयोग हैन । नयाँ प्रयोग भइदिएको भए यो एकता के–के न हो भन्ने हुन्थ्यो । यो एकतामा पनि हामी पहिला विधिमा प्रवेश ग¥यौँ । सहमतिका आधारहरु तयार पा¥र्यौँ । त्यसो गर्दा पार्टी एकताका कुनै पनि प्रक्रियामा समस्या खडा भएन । तर, समस्या कहाँ व्यक्तिले खडा गरे । कोही सन्तुष्ट, असन्तुष्ट भए होलान् । त्यो व्यक्तिको कुरा हो । तर, पार्टी एकताको काम ‘स्मुथ्ली’ सम्पन्न भयो । तर, यसपटक त्यस्तो किन भएन भने, विधिमा टेक्ने काम भएन । शुरु शुरुमा त विधिमा टेकियो । जस्तो कि, पूर्वएमालेको हकमा केन्द्रीय कमिटी गठनको कुरामा विधिमा टेकियो । सचिवालय र स्थायी कमिटी गठन गर्दासम्म त्यो भएको देखियो । तर, त्यसपछि समस्या खडा हुन थाल्यो । केन्द्रीय कमिटीको एकता गर्दा पनि पहिलो गाँसमा ढुंगा लाग्यो । सहमति भयो, निर्णय भयो, तर सर्कुलर जारी गर्ने बेलामा मनपरि भयो । यसले विश्वासको ठूलो संकट खडा गरेको छ । संसारमा त्यस्तो कहीँ पनि हुँदैन कि, निर्णय एउटा, सर्कुलर अर्को ।
त्यस्तो गर्ने मान्छेलाई कारवाही हुनुपर्छ । तर, यहाँ विधि, विधानको उल्लंघन गर्ने व्यक्तिहरु आत्मबोध गर्ने अवस्थामा छैनन् । केन्द्रीय कमिटीमा ल्याउने भनेर तय भएको व्यक्तिको नाम हटाइयो । छलफल नै नभएका विषय राखियो, जस्तो कि, आमन्त्रित सदस्य । यदि, आमन्त्रित सदस्यको व्यवस्था नै गर्नु थियो भने त्यो कुरा विधान बनाउने बेलैमा छलफल गर्नुपथ्र्यो । तर, कहीँ छलफल भएन । त्यसैले, त्यो पदको सिर्जना गर्ने कि नगर्ने ? गर्ने हो भने त्यसको मापदण्ड के राख्ने ? को–को व्यक्ति त्यसनिम्ति उपयुक्त हुनसक्छन् ? अनि, त्यसपछि बल्ल को–को व्यक्ति हुनसक्छन् भन्ने कुरा आउँछ । तर, कुनै पनि प्रक्रिया पार नगरी सर्कुलरमा धमाधम लेखेर पठाइयो । शुरुदेखि नै विधि र पद्धतीको उल्लंघन गर्ने काम भयो । यस्तो गतिछाडापनलाई रोक्ने काम भएन । मेरो लडाइँ भनेको त्यही कुरामा हो । अझै पनि रियलाइज भएको छैन, सुधार गर्ने काम भएको छैन । र, म यो विषय छोड्दिनँ ।
एउटा पार्टी जब विचारले वैज्ञानिक हुन्छ, यसका सबै नीति र विधिहरु पनि वैधानिक आधारमा उभिएका हुन्छन् । कुनै पनि व्यक्तिको मूल्यांकन गर्नुपर्छ । मापदण्डका तय गर्ने आवश्यकता पर्दछ । मेरो, तेरो भनेर हेर्न पाइँदैन । उसको योग्यताको जाँच गरिन्छ । लेखिएका सबै मापदण्ड पूरा गरेको छ, छैन भन्ने आधारमा मूल्यांकन हुन्छ । तर, यी कुनै पनि विधि प्रयोग गरिएको छैन । त्यही कुरा पछि गएर प्रदेश कमिटी, जिल्ला कमिटी बनाउने, जिम्मेवारी तय गर्ने कुरा भयो– त्यहाँ पनि यस्तै क्रम देखा पर्न थाल्यो । हामीले चार सय ४१ जनाको केन्द्रीय कमिटीको कुरा तय गर्ने भनेका थियौँ । किनभने, पूर्वमाओवादीको हजारौँ सदस्यीय केन्द्रीय कमिटी थियो । त्यो संख्या सानो गर्नु जरुरी थियो । हामीले दुई सय भन्दा बढी नगरौँ भनेका थियौँ । पूर्वएमालेकै केन्द्रीय कमिटी दुई सय सेरोफेरामा रहेको हुनाले त्यसैलाई आधार बनाएर चार सय ४१ तय भयो । त्यसमा पूर्वएमालेले दुई सय ४१ सदस्य र बाँकी पूर्वमाओवादी केन्द्र भन्ने सहमति भयो । यसो गर्दा पूर्वएमालेका पुराना केन्द्रीय सदस्य सबै परे । ४१ जना थप्दा मापदण्ड बनाउनुपर्ने कुरामा धेरै कचकच भइसकेपछि सहमतिसम्म भयो । भएकालाई कायम राख्ने, सिनियरलाई पहिलो प्राथमिकता दिने भन्ने आधारमा जाऔँ भनियो । बल्ल–बल्ल सर्कुलर जारी भयो । तर, तल गएर सर्कुलर पलना भएन । पालना नगर्नेलाई कुनै कारवाही पनि भएन । सर्कुलरको पालना नगर्ने व्यक्तिलाई त कारवाही पो हुनुपर्छ † विधानमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी भनिएको छ । तर, एउटै व्यक्तिलाई एक होइन, अनेक जिम्मेवारी दिइएको छ । कार्यकारी जिम्मेवारी पनि दिइएको छ । कसैलाई भ्याई न भ्याई छ, कसैलाई कामै छैन । यही बिडम्बनाका विषयमा हामीले कुरा उठाउँदै आएका हौँ ।
यसरी पार्टीभित्र एउटा, दुई गरेर असन्तुष्टिहरु बढ्दै–बढ्दै गएपछि विष्फोट हुन्छ र पार्टी चल्दैन । यो पार्टी चलाउने लक्षण होइन, यो पार्टी डुबाउने, सिध्याउने लक्षण हो । पार्टी चलाउने व्यक्तिले जिम्मेवार ढंगले चल्न जान्नुपर्छ । पार्टीको अधिनमा सबै रहन्छ भन्ने कुरा जान्नुपर्छ । कसैकसैले ठानिरहेका छन् कि, पार्टी अध्यक्ष नै महान संस्थ हो । त्यसो होइन । अध्यक्ष भनेको संस्थाको मातहतको एउटा प्रमुख व्यक्ति मात्रै हो । यो कसैको निजी प्राइभेट लिमिटेड कम्पनी पनि होइन । मन परेको मान्छेलाई मन्त्री बनाउन पाइने होइन । समाजका सबैभन्दा बद्नाम मान्छे, आफ्ना प्यारा र नेतालाई गालीगलौज गर्न माहिर मान्छेलाई सरकारी नियुक्त दिन थालियो भने के हुन्छ ? अहिले त्यही भइरहेको छ । आफूखुशी जे पनि गर्न पाइँदैन । जति पनि नियुक्ति भइरहेका छन्, त्यसमा उसको विशेषता हुनुपर्छ, माधव नेपाल र प्रचण्डको खाइरो खन्ने । त्यस्तो तरिका अपनाउन थालिसकेपछि पार्टीभित्र विद्रोह पैदा गर्छ । यस्तो स्थिति पैदा गर्छ सम्बन्ध नै कटुतापूर्ण हुन पुग्छ । सम्बन्ध नै कटुतापूर्ण हुन थालिसकेपछि, विधिको पलना नगर्न थालेपछि, यस्तै गलत तरिका अपनाउन थालिसकेपछि पार्टी सहज स्थितिमा चल्दैन ।
यस्तो लाग्छ कि, कतै कम्युनिष्ट पार्टीलाई नै सिध्याउने खेल त भइरहेको छैन ? कम्युनिष्ट पार्टी भन्ने नाम नै कसैको लागि घाँडो त भइरहेको छैन ? कम्युनिष्ट पार्टीलाई बद्नाम गर्न कोही लागिपरिरहेको त छैन भनेर चिन्ता लागिरहेको छ । यत्रो दुःख गरेर हामीले यो बिन्दुसम्म पु¥याएको पार्टीलाई सिध्याउन खोजिएको त होइन ? अनि, गफ हाँक्छन् । त्यस्ता व्यक्तिहरुलाई म चुनौति दिन चाहन्छु, मसँग एक–एक रेकर्ड छन्, तिनीहरुले के–के गरेका छन् भन्ने कुराको । इतिबृत्ति सबै मलाई थाहा छ । मसँग धेरै गफ नहाँके हुन्छ । म ती सबै तत्व, गैरजिम्मेवार व्यक्तिहरुले भोलि के परिणाम हुन्छ ? विचार गरेर चल्नुप¥यो । म कसैसँग डराउनेवाला छैन । राम्रो गर्ने सबैलाई मेरो सम्मान, प्रोत्साहन रहन्छ । बेठिक हुँदा पनि म मौका दिन्छु र सुधार गर्नुस् भन्छु । तर, गल्तीलाई पहिला महसूस त गर्नुप¥यो नि † अनि सच्याउनुपर्छ । पहिला कुरा त सुन्नुप¥यो नि † पहिलो श्रवणशक्ति, दोस्रो सहनशक्ति, तेस्रो विश्लेषण शक्ति र चौथोमा ग्रहणशक्ति त हुनुप¥यो नि । पहिला तपाईं सुन्नै चाहनुहुन्न, सहन सक्नुहुन्न, विश्लेषण र ग्रहण गर्न चाहनु हुन्न भने आन्दोलनलाई नोक्सान हुन्छ, व्यक्तिलाई पनि नोक्सान हुन्छ । हाम्रो चाहना, चिन्ता एउटै हो, सामाजिक सांस्कृतिक रुपान्तरणसहित समाजवादको यात्रा । समाजवादको उद्देश्यलाई साकारा पार्ने हाम्रो संकल्प पूरा गर्न यी त्रुटीहरु सच्याउनुप¥यो ।
प्रधानमन्त्री क.केपी ओलीको छलकपटपूर्ण कार्यशैलीले नेतृत्वमा नै साथीहरु विरक्त हुनुहुन्छ । कतिपय कुरा व्यवहारले दाँज्नुपर्छ । सीधै एउटा निश्कर्षमा पुग्नुहुँदैन । कसैले सुनाउनेबित्तिकै प्रभावित हुनुहुँदैन । मेरो त्यस्तो बानी छैन । सुनाउनेबित्तिकै वेवास्ता पनि गर्नुहुँदैन । तर, त्यसैलाई विश्वास गरेर चल्नु पनि हुँदैन । कपितय कुरा कुन स्रोतबाट आएको छ भन्ने आधारमा कुरा बुझ्नुपर्छ । भेरिफाई गर्नुपर्छ । म भेरिफिकेशनको ठाउँ दिने गर्छु । धेरैपटक, धेरैतिरका कुरामा भेरिफाइड भएपछि विश्वासको मात्रा बढ्छ । तर, त्यसको निम्ति पनि म स्पेश दिन्छु । कहिलेकाँही अनेकखालका तत्व गलत कुरामा भड्काउन क्रियाशील हुन्छन् । म चाहन्छु कि, विश्वासको वातावरण कायम होस् । विगतमा पनि नेताहरु बीच त्यस्तो समस्या भयो । तर, त्यसबेला वर्कएवल रिलेशन (कामकाजी सम्बन्ध) रह्यो । त्यसो गर्नमा म आफैँ तल्लिन भएँ । नेताहरुको बीचको सम्बन्धमा ठूलो धाँजा फाट्दा पनि मिलाउने काम मैले नै गरेँ । नेताहरुलाई म एउटा छोर वा अर्को छोरमा (दुई किनारमा) राखेर हेर्न चाहन्नँ । महान नेता वा महान शत्रु कोही होइनन् । सबैका राम्रा पक्ष र कमजोरी हुन्छन् । इमान्दार मान्छे छ भने कमजोरी स्वीकार्छ, सच्याउँछ । तर, धर्तिमा इमान्दारमात्र छैनन्, बेइमान पनि छन् । बेइमानहरुको संख्या कम छ । बेइमानहरुको संख्या बढी भएको भए धर्ति नै चल्ने थिएन । त्यसकारण, इमान्दारहरुको संख्या र बेइमानहरुको संख्या पनि कम छ । बढी संख्या छ, बीचवालाका मान्छेहरुको छ । ती मान्छे टेष्टेड हुनै बाँकी छन् । तिनीहरु बेइमान हुन् कि इमान्दार हुन् भन्ने कुरा अहिल्यै कसरी भन्नु ? किनभने, तिनीहरुलाई जाँच्नै बाँकी छ ।
साथीहरु पार्टीमा काम पाइएन भन्ने गुनासो लिएर आउने गर्नुहुन्छ । कामको बाँडफाँट र जिम्मेवारी तोक्ने कुरा पनि व्यक्तिवाद हावी हुँदा पार्टी अस्तव्यस्त भएको छ । पार्टीभित्रका केही व्यक्तिलाई कामको आफल–ताफल छ । पटक–पटक एउटा व्यक्तिले अवसर पाएको पायै छ । अर्कातिर यही पार्टीमा त्यत्रा योग्य साथीहरु छन्, आन्दोलनमा योगदान दिएका साथीहरु छन् । तिनीहरुको चाहिँ पूरै वेवास्ता छ । यसरी त सिंगो संस्था (पार्टी) चल्दैन । एउटा सानो गुट चल्ला । गुटमा पनि भोलि संकट आउला † गुटका मान्छे दास भएका हुनाले धेरै संकट टार्ने भनेको लोभले हो । फेरि पनि लोभ देखाएर तह लगाइएला । तर, पार्टी नामको चिज यसरी चल्दैन । पार्टी नै चलेन भने आन्दोलन सकिन्छ, संस्था सकिन्छ । कम्युनिष्ट पार्टी भन्ने चिज इतिहासको गर्तमा जान्छ ।
पार्टी नचलेर हाम्रो पार्टीका साथीहरुलाई अरु पार्टीले तानिरहेका छन् । मान्छे निराश भएर आफैँ अरु पार्टी रोज्न थालेका छन् । कतिपय जिल्लामा पूर्वाग्रहपूर्ण व्यवहार भए, कामको जिम्मा नदिएका कारणले साथीहरु बिचलित भएका छन् । देशभरिका साथीहरुमा निराशा बढेको भन्ने सूचनाहरु आइरहेका छन् । यी कुराले हामीलाई चिन्तित बनाउनुपर्ने, पोल्नुपर्ने हो ।
हामीले सरकार सञ्चालनका निम्ति एउटा मापदण्ड, विधि बनाऔँ भनेका हौँ । सरकारलाई कसरी लोकप्रिय बनाउने भन्नेबारेमा सचिवालयका १० वटा बैठक, स्थायी कमिटीका दुई–चारवटा बैठक, केन्द्रीय कमिटीको पनि बैठक बसेर अगाडि जाऔँ भनेका हौँ । एक हप्तासम्म केन्द्रीय कमिटीको बैठक राखेर सबैले बोल्ने मौका दिइँदा के हुन्छ ?
अहिले पनि हामीले यसलाई मेकअप गर्न पायौँ भने क्षति न्युन गर्न सकिन्थ्यो । किनभने, स्थानीय तहको चुनाव आउन लागेको छ । त्यसलगत्तै संघीय र प्रदेश संसदको चुनाव हुने बेला आउँदैछ । त्यसका निम्ति पार्टी बलियो हुनै पर्छ । कायकर्ताहरको मनोबल उच्च हुनै पर्छ । इमान्दार कार्यकर्ताको जमात बढाउनुको सट्टा जनतामा विस्थापित भएका, बद्नाम भएकाहरुको जमातलाई अगाडि बढाउन थालियो भने यिनैले पार्टीभित्र घुन–पुत्लाको काम गर्छन्, पार्टी सिध्याउँछन् । पार्टी सदस्य भएका मान्छेलाई कमिटीमा ल्याउने, विभिन्न ओहोदामा ल्याउने गर्नुको सट्टा पार्टीभित्रै गन्हाएका मान्छेलाई अगाडि ल्याउने, भ्रष्टाचारमा मुछिएका मान्छेलाई अवसर दिने, असल–इमान्दार मान्छेहरुले चित्त दुखाइरहेका छन् ।
क.केपी ओली एकदमै सानो दृष्टिकोण भएको, गुटगत चिन्तन भएको व्यक्ति हुनुहुन्छ । उहाँ त्यसबाट मुक्त हुन सक्नुभएको छैन । त्यसपछि हामीले आशा ग¥यौँ कि, क. प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा पूरै पार्टीको अभिभावकत्व ग्रहण गर्नुपर्छ । उहाँले पनि क.केपीकै तरिकाले सानो गुटको प्रतिनिधित्व गर्न थाल्नुभयो वा पूर्वमाओवादीको मात्रै नेतृत्व गर्न थाल्नुभयो भने फेरि दुई अध्यक्षमा फरक हुँदैन । यस्तो कुरामा गुनासो नआओस्, आलोचना नआओस् भन्ने कुरामा ध्यान पु¥याउनुपर्छ ।
जनताले पार्टी र सरकारको निष्पक्ष ढंगले मूल्यांकन, विश्लेषण गर्छन् । मेरो मान्यता हो कि, लागिरहनुपर्छ । हार भयो भनेर दिक्क मान्ने कुरा हुँदैन । पार लागेन भनेर निराश हुनुहुँदैन । निराशालाई चिरेर अगाडि बढ्नु नै जीवन हो । म हरेश नखाने मान्छे हुँ । हामी आफ्नो निम्ति मात्रै होइन, नेपाली जनताको निम्ति र भावी पुस्ताको निम्ति यो सबै गरिरहेका छौँ । नयाँ पुस्तामा यसबारेमा बढी चासो छ भन्ने बुझ्नुपर्छ । माओले भन्नुभएजस्तो हामी डुब्दै गरेको घामजस्तै हौैँ । हामी हाम्रो समयमा उदाउँदो सूर्य थियौँ । हामीले चम्काइदियौँ । अहिले घाम तापेर आएका मान्छेहरु गफ बढी गरिरहेका छन् । यो काम गर्ने भनेको हामी नेपाली कम्युनिष्टले नै हो । आँट, संकल्प, धैर्यता र बुद्धिमत्ता छ भने जस्तोसुुकै चुनौतिलाई पार गर्न सकिन्छ । संकटलाई सामना गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

RELATED POSTS